कोरोनाबाट अग्रज संचारकर्मी न्यौपानेको निधन

विराटनगर । सुनसरीका अग्रज संचारकर्मी तथा निजी रेडियो सञ्चालकहरुको छाता संगठन ब्रोडकाष्टर्स एशोसिएसन अफ नेपाल (बान) का केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद न्यौपानेको कोरोना संक्रमणका कारण शुक्रबार निधन भएको छ ।

सुनसरी को इटहरी घर भएका ५० वर्षे न्यौपानेमा कोरोना संक्रमण भएपछि वैशाख २८ गतेदेखि अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । पछिल्लो समय भेन्टिलेटरमा उपचारकै क्रममा आज बिहान ८ः२५ बजे उहाँको टंकीसिनुवारी स्थित विराट अस्पताल निधन भएको अस्पतालले जनाएको छ । उहाँको स्वास्थ्य अवस्था बिहीबारबाटै खराब हुँदै गएको थियो । पछिल्लो समय उहाँको मुटुमा समस्या देखिएको थियो ।

शुक्रबार, १४ जेठ, २०७८, बिहानको ०९:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर