लोड हुँदैछ...

मेनु

विराटका डाक्टरमाथि अस्पतालमै कुटपिट

विराटका डाक्टरमाथि अस्पतालमै कुटपिट

विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट मेडिकल कलेजका डाक्टर र स्वास्थ्यकर्मीमाथि एक समूहले कुटपिट गरेको छ ।

अस्पतालको आकस्मिक कक्षमा छिरेर सोमबार राति डाक्टर सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि कुटपिट भएको हो ।

डाक्टरमाथि आक्रमण भएपछि आकस्मिक कक्षको उपचारसमेत केहीबेर प्रभावित बनेको थियो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार बूढीगङ्गा–२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितको समूहले आकस्मिक कक्षमा छिरेर डाक्टरमाथि आक्रमण गरेको हो ।

दुर्घटनामा परेर घाइते भएका विरामीको उपचार गरिरहेका बेला रेग्मी र बस्नेतमाथि अन्धाधुन्द आक्रमण भएको थियो । कुटपिटबाट रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ ।उनीहरुउपचारमा रहेको अस्पतालका कर्मचारी सुनील देवले जानकारी दिए ।

घटना हुनुभन्दा केही बेरअघि मात्रै बूढीगङ्गा–२ की ७३ वर्षीया वृद्धा गोमादेवी श्रेष्ठलाई उपचारका लागि परिवारका सदस्य र आफन्तले अस्पताल ल्याएका थिए । उनको उपचारमा ढिलाई भएको भन्दै आक्रोसित बनेको समूहले चिकित्सक र स्वास्थ्यकर्मीमाथि नै आक्रमण गरेको हो ।

मधुमेहको पुरानै समस्या रहेकी वृद्धालाई स्वास्थ्य थप बिग्रिएको भन्दै उपचारका लागि ल्याइएको थियो । आक्रमणमा संलग्न समूहले अस्पतालका सुरक्षा गार्डसँग पनि विवाद गरेको प्रहरीको भनाइ छ । त्यहाँबाट आकस्मिक कक्षमा छिरेको समूहले दुर्घटनाका गम्भीर घाइतेको उपचारमा रहेका चिकित्सकमाथि आक्रमण गरेको हो ।

सामान्य अवस्थाकी वृद्धाको उपचारमा ५ मिनेट ढिलो हुँदा चिकित्सक र स्वास्थ्यकर्मीले आक्रमण भएको हो । अस्पतालले बिरामीको उपचारमा खटिनेहरुमाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेको छ ।

प्रहरीले घटनामा संलग्न निश्चल र अनिललाई पक्राउ गरेर घटनाका बारेमा अनुसन्धान थालेको जनाएको छ । घटनामा संलग्न केही व्यक्ति फरार रहेका कारण खोजी तीव्र पारिएको छ ।

4 प्रतिक्रियाहरू

4 प्रतिक्रियाहरू

पहल बहादुर बस्नेत
May 18, 2021 2:55 PM

यो स्वास्थ्य क्षेत्रमा अत्यन्तै विषम परिस्थिती भएको बेलामा थप आतङ्क हो।घरछेउको अस्पताल भएको र ब्यापारि पृष्ठ्भुमिका भएका हमलाकारिहरुमा घमन्ड ज्यादै देखिन्छ।अस्पताललाइ रेस्लिङ अखडा बन्न दिनु हुदैन।

Ishwar baskot
May 19, 2021 8:57 AM

Jhagda garda k birami niko vayo ta…yo khi hoina dadagiri dekhako ho..yasta lai khorma majjale bewasta garnu parxa

Kalash
May 19, 2021 11:43 PM

Swasthya karmachari maathi haat paat hunu vaneko ekdum naramro kura ho.. yadi sabai jana corona ko bahana garera xutti bhasnu ho vaney kasle kasle upachar garxa feri????

पुण्य गाैतम
May 20, 2021 7:30 AM

चिकित्सक र स्वास्थ्य कर्मीलाई हातपात गर्ने भनेका मानव नभयेर दानव हुन त्यसता दानवलाई हदै सम्मकाे कारबाही हुन पर्छ ।

प्रतिक्रियाहरू बन्द छन्।

This will close in 0 seconds