विराटनगर । कोभिड १९ को दोस्रो लहरले छोटो समयाअवधि मै विराटनगरका ठूला उद्योगपति एवम समाजसेविको ज्यान लिई सकेको छ । १ नं. प्रदेशले मात्र नभएर, उद्योगक्षेत्र एवम देशले नै ठूलो क्षति व्यहार्नु परिरहेको छ ।
हरेक अस्पतालमा विरामी आँउदा कोभिड १९ संगको लक्षण मिल्दो जुल्दो हुने हँुदा बिरामीहरुले पिसिआर परीक्षणको रिपोर्ट देखाएपछि मात्रै कोभिड र नन कोभिड उपचार व्यवस्था प्रायः अस्पतालहरुको रहेको छ । पिसिआर रिपोर्ट नआउन्जेल कुनै पनि प्रकारको बिरामीको अवस्था जटिल भई मृत्यु समेत हुने खतरा हुन्छ । तर, १ प्रदेश कै ख्यातिप्राप्त व्यवसायी उद्योगपति भगवान दास राठी भने यस्तै दुर्घटनाबाट जोगिनु भएको छ ।
विराटनगरका ख्यातिप्राप्त उद्योगपति राठी केहि दिनदेखि बिरामी थिए । उनलाई गत आइतबार एका—एक छाति दुख्यो । सास लिन अफठ्यारो भयो । उद्योगपति राठीका छोरा पवन राठी, बुबालाई लिएर विराटनगर अस्पताल पुगे । तर त्यहाँका डाक्टरहरुले उनलाई रेफर गरे । त्यससँगै उनीहरु न्यूरो अस्पताल आइपुगे ।
न्यूरो अस्पतालको आकस्मिक कक्षमा बिरामी राठीलाई ल्याएसँगै उनको प्रारम्भिक उपचार गर्दा हृदयघातको लक्ष्ण देखिएको थियो । हृदयातको लक्षण देखिएसँगै अस्पतालमा रहेको कार्डियाक रेस्पोन्स टिमका वरिष्ठ कार्डियोलोजिस्ट डा. राजिव श्रेष्ठले, हृदयघात भए—नभएको पुष्टि गर्नका लागि एन्जियोग्राफि गर्नुपर्ने बिरामीको आफन्तलाई बताए । यद्दपि उद्योगी राठीमा छाति दुख्ने, सास लिन समस्या देखिएको अर्थात् कोरोनाको समेत लक्षण देखिएको हुँदा पिसिआर अनिर्वाय गर्नुपर्ने थियो । डा.श्रेष्ठले बिरामीबारे सम्पूर्ण जानकारी, न्यूरो अस्पतालका बरिष्ठ इन्टरभेन्सनल कार्डियोलोजिस्ट डा. निकेश राज श्रेष्ठलाई जानकारी गराए ।
निकेश उहि डाक्टर हुन् जसले १ नं. प्रदेशमै पहिलोपटक मुटु सम्बन्धी उपचारका लागि क्याथल्याब मार्फत सेवा प्रदान गर्ने सुर गरे । डा. निकेशले बिरामीको तत्कालै एन्जियोग्राफी गरेर मुटु भित्रको रक्त संचार अवरुद्ध भएनभएको बुझनुपर्ने बताए । तर बिरामीमा कोरोनाको लक्षण देखिएको हुँदा उपचार प्रक्रिया कसरी बढाउने भन्ने बिषयमा सबै त्रसित भएका थिए ।
पिसिआरको जाँचको लागि स्वाब पठाए पनि रिपोर्ट आउन केहि घण्टा पर्खिनु पर्ने भएकाले बिरामीको उपचार गर्न ढिलाई गर्दा ज्यान समेत जाने अवस्था थियो । सोहि क्रममा डा. निकेश, अस्पताल आएसँगै कोरोना जाँचको लागि पर्खिदा बिरामीको अवस्था जटिल हुनसक्ने भएकाले पिसिआर जाँचको रिपोर्ट अगावै कोभिड १९ संक्रमणको सम्पूर्ण सुरक्षाको मापदण्ड अपनाएर र पि.पि.ई लगाउँदै बिरामी राठीको उपचार सुरु गरे ।
एन्जिओग्राफिमा उपचार्थ राठीको एन्टेरियर वाल माइओकार्डियल इन्फ्राक्सन भएको पता लाग्यो र सोहि समयमा उनको एन्जिओप्लास्टि प्रविधिबाट बन्द रहेको मुटुको नशामा स्टेन्ट जडान गरि, बन्द रहेको नशाहरु खोली पूर्ण रुपमा मुटुमा रक्त प्रवाह गरियो ।
पिसिआर रिपोर्ट कै लागि पर्खिदा उद्योगी राठीको ज्यानसमेत जान सक्ने अवस्था थियो । विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले उद्योगपति भगवान लाल दास राठीको जिवन बचाउन सफल भएको छ । अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले उद्योगी राठीलाई समयमै अस्पताल ल्याउँदा ज्यान जोगाउन सफल भएको बताए । ‘उहाँको ज्यान बचाउन नसकेमा अपुर्णिय क्षति हुने थियो,’ उनले भने ।
बिरामीको अवस्था हेर्दा स्वास्थ्यमा जटिलता देखिएसँगै, वरिष्ठ इन्टरभेन्सनल कार्डियोलोजिस्ट डा. निकेश राज श्रेष्ठ , वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजिव श्रेष्ठ, वरिष्ठ विशेषज्ञ डा. केशर बहादुर गुरुङ लगायतको चिकित्सक टिमले उनको सफल उपचार गरेका हो । उता बिरामी राठीका छोरा पवन राठीले, बुवाको उपचार सफल भएसँगै पुनर्जीवन पाएर अस्पतालबाट घर फर्किएको बताए । उनले भने, ‘अस्पतालले समयमै सहि निर्णय लिँदा बुवाको ज्यान जोगियो ।’
धेरै बधाई