आजबाट इटहरीका सबै वित्तीय संस्था एक हप्ता बन्द हुने

विराटनगर । इटहरी नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु आजबाट पूर्णरुपमा बन्द हुने भएका छन् ।

कोरोना जोखिम न्यूनीकरण गर्न भन्दै इटहरी उपमहानगरपालिकाले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु एकसाता बन्द गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम एक हप्ता बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन नहुने बताइएको छ ।

इटहरी उपमहानगर प्रमुख द्वारीकलाल चौधरीको अध्यक्षतामा बसेको बैक तथा बित्तिय संस्थाका प्रतिनिधिहरुको संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागी जेठ ३ गतेदेखि ७ गते सम्म एकहप्ता बैंक तथा वित्तीय संस्थाको सम्पुर्ण कारोवार बन्द गर्ने निर्णय गरेको हो । बैंक तथा वित्तीय संस्था बन्द भएपनि अटोमेटेड टेलर मेसिन (एटिएम) भने पूर्ववत सञ्चालनमा आउने बताइएको छ ।

सोमबार, ०३ जेठ, २०७८, बिहानको ०९:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर