विराटनगर । भारतमा कोरोना संक्रमणको दर निरन्तर ओह्रालो लाग्दै गएको छ । दैनिक ४ लाखको हाराहारीमा संक्रमण हुँदै आएको भारतमा पछिल्लो हप्तामा संक्रमितको संख्या घट्न थालेको हो ।
पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ११ हजार १७० जनामा कोरोना संक्रमण भएको छ । यस अवधीमा ४ हजार ७७ ले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । संक्रमणको संख्यामा केही कमी आए पनि मृत्यु दर भने घटेको छैन ।
भारतमा हालसम्म कोरोनाका कारण २ लाख ७० हजार २८४ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । संक्रमितको संख्या २ करोड ४६ लाख ८४ हजार ७७ पुगेको छ । पछिल्लो समय विश्वमा सबैभन्दा धेरै कोरोनाका कारण प्रभावित हुने देशमा भारत पनि एक हो ।

