विराटनगर । नेपालमा कोरोना भाइरसबाट सोमबार एकैदिन १३९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उनीहरुको विभिन्न अस्पताल, आइसोलेसन र होम आइसोलेसनमा मृत्यु भएको हो ।
सोमबार ९,२७१ जना नयाँ संक्रमित थपिएका छन् । १८ हजार ४११ नमुनाको एन्टीजेन र पीसीआर परीक्षण हुँदा उनीहरुमा संक्रमण देखिएको हो । सोमबार ४,००७ जना निको भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमित संख्या ९३ हजार १४१ पुगेको मन्त्रालयले जनाएको छ ।

