पाँचथर । कोरोनाको संक्रमण फैलिदै गएको भन्दै पाँचथर जिल्ला प्रशासन कार्यालयले सोमबार मध्यरातीबाट एक साता जिल्लामा निषेधाज्ञा गर्ने भएको छ ।
आइतबार बसेको जिल्ला स्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (डिसिसिएमसी) को बैठकले जिल्लामा बैशाख २७ गते राती १२ बजे बाट जेठ ३ गतेसम्म निषेधाज्ञा जारी गरी रोकथाम र नियन्त्रणको प्रयास गर्ने निर्णय गरेको प्रमूख जिल्ला अधिकारी पुष्यप्रसाद ढकालले जानकारी दिएका छन् ।
निषेधाज्ञा जारी भएपनि अत्यावश्यक सेवा भने बिहान ५ : ३० बाट ९ : ३० सम्म सञ्चालन गरिने प्रजिअ ढकालले बताए ।
आइतबार पाँचथरको फिदिममा नगरपालिका मा ८ जना , फालेलुङ गाउपालिका ५ जना ,याङवरका गाउपालिका ३ जना र हिलिहाङ गाउपालिकामा एक जनागरि १७ जना नयाँ संक्रमित पहिचान भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा गर्ने निर्णय लिएको हो । यो सँगै जिल्लामा सक्रिय सङ्क्रमितको सख्या ३४ पुगेको छ ।


