विराटनगर । प्रदेश १ मा शनिबार रातिदेखि आइतबार विहानसम्म सात जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
विराट मेडिकलमा सुनसरीको इटहरीकी एक कोरोना संक्रमित महिलाको आइतबार बिहान मृत्यु भएको छ । इटहरी उपमहानगर ८ की ५४ वर्षीया महिलाको मृत्यु भएको हो । उच्च रक्तचाप र क्यान्सर रोगले पीडित उनमा कोरोना संक्रमण पुष्टि भएपछि २४ गते भर्ना भएकोमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालका इन्चार्ज सुनील देवले बताए ।
नोबेलमा आज विहान २ः३० बजे धरानका ६६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको नोबल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । सोही दिन ३ः३० बजे विराटनगर १ त्रिवेणी चौक घर भएका ७६ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ । यस्तै सिराहको कल्याणपुर ४ की ३८ वर्षीय कोरोना संक्रमित महिलाको पनि उपचारको क्रममा नोबेलमा मृत्यु भएको अस्पतालका प्रबन्धक दाहालले जानकारी दिए ।
यस्तै, मोरङको उर्लाबारी–६ की ३९ वर्षीया महिला, झापाको मेचीनगर–६ का ६० वर्षीय पुरुष र सप्तरीको बोदे बरसाइन नगरपालिका–१० का ३५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले बताए ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।