विराटनगर । अनेरास्ववियुका जिल्ला सदस्य फरान सेखले हाम्रो अभियानलाई चामल र मास्क सहयोग गरेका छन् । विगतदेखि सामाजिक कार्यमा निरन्तर खटिरहेका हाम्रो अभियानलाई सेखले १० बोरा चाम र १७ सय थान मास्क सहयोग गरेका हुन् ।
कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै नियन्त्रण तथा रोकथाका लागि जिल्ला प्रशासन कार्यालय मोरङले वैशाख १८ गतेदेखि विराटनगर आसपासका क्षेत्रमा निषेधाज्ञा लागु गरेको छ । निषेधाज्ञाको समयमा दैनिक ज्याला मजदुरी गर्ने साथै सडकपेटीमा जीवन व्यतित गर्नेहरुलाई मध्यनजर गर्दै हाम्रो अभियानले निःशुल्क खाना खुवाउनुका साथै राहत समेत वितरण गर्दै आइरहेको छ ।
‘यो महामारीको समयमा सबै जना घर भित्र नै बस्ने अवस्थामा उहाँहरु दिनरात खट्नुभएको छ, यो कामलाई हामीले हौसला दिनुपर्छ’, उनले भने, निषेधाज्ञा थपिँदै गर्दा दैनिक ज्याला मजदुरी गर्नेहरु, सडकपेटीमा बस्नेहरु भोकभोकै हुने अवस्था नआवोस भनेर मैले सहयोग गरेको हो ।’
अप्ठयारोमा परेकाहरुको सहयोगमा टिम निरन्तर लागिरहेको अभियानको नेतृत्व गरिरहेका अभियन्ता तथा युवा नेता वसिम आलमले जानकारी दिए । गत वर्ष चैत्र ११ गतेको लामो समयको लकडाउन, निषेधाज्ञाको समयमा हाम्रो अभियानको टिमले एक सय २० दिनसम्म विराटनगरका सडक पेटिमा बस्ने मानिसहरुलाई निःशुल्क खाना खुवाएको थियो ।




1 प्रतिक्रिया
1 प्रतिक्रिया
धन्यवाद फरान सर 😊
प्रतिक्रियाहरू बन्द छन्।