भारतदेखि अवैध रकम भित्र्याउने पेसेवर भरिया पक्राउ

विराटनगर । दोस्रो लहरको कोरोना संक्रमण तिव्र रूपमा फैलिएपछि यसको रोकथाम र नियन्त्रणमा सीमा नका बन्द गरिएको समयमा भारतदेखि अवैध रकम लिएर नेपाल प्रवेश गर्ने दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) रानी र बिओपी दरैयाको टोलीले भारतदेखि अवैध रूपमा साढे ११ लाख रूपैयाँ लिएर नेपाल प्रवेश गर्ने दुई जनालाई सीमा नाकादेखि पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर – १५ हडताली हाटका १८ वर्षिय अभिषेक चौधरी र विराटनगर–१६ का अमद यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए । सशस्त्र प्रहरीले चौधरीको साथदेखि विराटनगर १६ दरैया बस्तीको सानो सीमा स्तम्भ १८०/ १ बाट ६ लाख ५० हजार रुपैयाँ र यादवको साथदेखि ५ लाख रुपैयाँ अवैध रकम बरामद गरेको हो । पक्राउ परेका दुवै जना भरिया हुन् । उनीहरूले भारतदेखि नेपाल ल्याएर गन्तब्यसम्म पु¥याउँदा १ हजार पाँच सय रूपैयाँ प्रतिव्यक्ति पाउने गरेको अनुसन्धानबाट खुलेको छ । सशस्त्र प्रहरीले बरामद गरेको रकम हुण्डी कारोबारी हुनसक्ने आशंका गरेको छ । ‘सीमा बन्द गरिएको समयमा पेसेवर भरिया प्रयोग गरि भारतदेखि नेपाल अवैध रूपमा स्रोत नखुलेको पैसाँ पठाएको छ । यो दोहोरा नागरिकता धारि हुण्डी कारोबारीले पठाएको हुनसक्ने भएकोले त्यही अनुसार अनुसन्धान गरिएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।
प्रहरीले एउटै समयमा फरक फरक ठाउँमा रकम र भरिया पक्राउ गरेपनि एकै व्यक्तिले पठाएको हुण्डीको रकम हुनसक्ने आशंका गरिएको छ । चौधरीलाई पक्राउ गरेको ३ सय मिटर दक्षिणमा सीमानाकामा रहेको  १८०/ २ नं. सहायक सीमा स्तम्भ नजिकदेखि सशस्त्र प्रहरीको बिओपी दरैयाको टोलीले अवैध रकम भित्र्याउने पेसेवर भरियालाई प्रयोग गरेको देखिएको छ । रकम बोकेर आउने दुवैवजनाले खुट्टामा बाँधेर ल्याएको पाइएकोले उनीहरु एउटै समूहका पेसेवर भरिया रहेको प्रहरीले जनाएको छ ।


‘स्रोत नखुलाई पाँच लाख लिएर त्यसैपनि हिड्न मिल्दैन, एसपी पौडेलले भने, ‘सीमा नाका बन्द भएको बेला खुट्टामा बाँधेर यसरी अवैध रूपमा ल्याएको बेलामा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले टोलीले बरामद गरेको छ ।’
पक्राउ परेका दुवैजनालाई आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालय विराटनगरमा बुझाएको छ ।

सोमबार, २० बैशाख, २०७८, साँझको ०७:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर