निषेधाज्ञा उलघंन गर्ने ३१२ सवारी नियन्त्रण

विराटनगर । दोस्रो लहरमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको निषेधाज्ञाको उलघंन गर्ने ३ सय १२ वटा सवारी साधान मोरङ प्रहरी नियन्त्रणमा लिएको छ ।

निषेधाज्ञा उलंघन गरेर सडकमा सवारी साधन कुदाउने सवारी साधन प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो । निषेधाज्ञाको उलंघन गरि विभिन्न स्थानमा लुकिछिपी अवैध रूपमा मानिसहरू ओसारपसार गर्ने २ पाङ्ग्रे, ३ पाङ्ग्रे र ४ पाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रवक्ता मान बहादुर राईले जानकारी दिए । प्रशासनको अनुमति नलिई चलाएका १५५ वटा मोटरसाईकल १०७ वटा सिटी सफारी, ३४ वटा अटो, ६ वटा ट्याक्टर, ३ वटा म्याजिक र माईक्रो १ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यता सिटी सफारी चालकहरुले सिटी सफारीको किस्ता तिर्न समस्या हुने भएकोले सवारी चलाउँदा प्रहरी नियन्त्रणमा लिएको बताएका छन् । आफुहरु यात्रुहरुलाई ओसार पसार भन्दा पनि घरायसी सामान खरिद गर्न जाने क्रममा प्रहरीले सिटी रिक्शा नियन्त्रणमा लिएको सिटी सवारी चालक करिम अंसारीले बताए ।

सोमबार, २० बैशाख, २०७८, साँझको ०७:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर