विराटनगरमा आज २२६ संक्रमित, कुन वडामा कति ?

विराटनगर । विराटनगरमा सोमबार २ सय २६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ९७ महिला र १२९ पुरुष संक्रमित थपिएका हुन् ।

पछिल्लो दुई दिनमा विराटनगरमा कोरोना संक्रमितको संख्या प्रत्येक दिन बढदै गएको छ । आज थपिएका मध्ये सबैभन्दा बढी विराटनगर १ वडामा संक्रमित धेरै छन् । सो वडामा भित्र एकै दिनमा २६ जना नयाँ संक्रमित थपिएको विराटनगर महानगरपालिकाले जनाएको छ । विराटनगर ३ मा २४ संक्रमित थपिएका छन् । यस्तै विराटनगर २ मा १० जना, ४ मा २० जना, ५ मा १४ जना, ६ मा ९ जना, ७ मा ११ जना, ८ मा १३ जना, ९ मा १२ जना, १० मा १३ जना, ११ मा ९ जना, १२ मा १३ जना, १३ मा ७ जना, १४ मा ४ जना, १५ मा ३ जना, १६ मा २ जना, १७ मा २ जना १८ मा १ जना र ३४ जना संक्रमित वडा नखुलेको भेटिएको छ । आज विराटनगर १९ मा संक्रमित देखिएको छैन ।
यो सँगै विराटनगरमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ८४ पुगेको विराटनगर महानगरपाकिाले जनाएको छ ।

सोमबार, २० बैशाख, २०७८, साँझको ०६:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर