कोरोना संक्रमण तीब्र, २४ घण्टामा ४५ सय बढी संक्रमित, १८ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणको गति तीब्र बनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसरी तीब्र गतिमा कोरोना फैलिने सहरहरुमा काठमाडौं, बाँके, मोरङलगायत छन् ।

तथ्यांक अनुसार देशभरमा बितेको २४ घण्टामा ४५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।

पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा ४ हजार ३४६ जनामा र एन्टिजेन विधिबाट १ हजार ९ जनाको परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बितेको २४ घण्टामा १८ जनाको मृत्यु भएको छ ।

हाल देशभर कूल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७८ हजार ५०६ पुगेको छ। यस्तै मृतकको संख्या ३ हजार १९४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २२५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मङ्गलबार, १४ बैशाख, २०७८, साँझको ०६:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर