विराटनगर । राजस्व छलेको आशंकामा विराटनगरको पाँच वटा सप्लार्यसमा राजस्व अनुसन्धान कार्याल इटहरीले छापा हानेको छ ।
सप्लायर्सहरूले राजस्व छलेको विभागले सूचना पाएपछि यहाँका पाँच फर्ममा छापा हानेर कपडा र कागजपत्र बरामद गरेको हो ।
राजस्व अनुसन्धानले विराटनगरको पञ्चबुद्ध र विनायक ढुवानी सेवामा छापा हानेर ठूलो परिमाणमा भन्सार छलेर ल्याएको तस्करीको कपडा भेटिएको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख दिपक थापाले जानकारी दिए । ‘राजस्व छली गरेको गोप्य सूचना आएपछि विराटनगरको दुई वटा ढुवानीमा छापा मार्दा भन्सार छलेर ल्याएको कपडा फेला परेको छ,’ राजस्व प्रमुख थापाले भने, ‘बरामद गरिएको कपडा नियन्त्रणमा लिएर कार्यालयमा ल्याएका छौं ।’ राजस्व अनुसन्धान टोलीले विनायक ढुवानी सेवादेखि ३३ पोको भन्सार छलेको कपडा बरामद गरिएको छ ।
एक पोकामा १ सय पिस कपडा हुने गर्दछ । विनायक ढुवानी राजकुमार अग्रवालको हो । यो ढुवानीमा तस्करीको कपडा भारतको टिकुलिया वस्तीका बिजय भगतले पठाउने गरेको स्रोतले जानकारी दिएको छ । भगतले भरिया प्रयोग गरि तस्करीको कपडा विराटनगर ल्याउने र विनायक ढुवानी सेवा मार्फत नक्कली बिलबिजक तयार पारी व्यापारीको मगाएको ठाउँमा कपडा पु¥याउने गरेको राजस्व अनुसन्धान टोलीले गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।
यस्तै राजस्वले विराटनगरको पञ्चकन्या ढुवानी सेवादेखि ७ पोका कपडा बरामद गरेको छ । तस्करीको कपडा पठाउने क्रममा राजस्वले छापा हानेर बरामद गरेको थापाले जानकारी दिए । ‘पञ्चकन्याका ढुवानी चालक शिवचन्द चौधरीले कपडा लैजाने क्रममा हामीले नियन्त्रणमा लिएका हौं,’ कार्यालय प्रमुख थापाले भने, ‘दुवै ढुवानी सेवाका कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं ।’
यस्तै राजस्वले विराटनगरको पियन्सर सप्लायर्स, प्रमाण टे«डर्समा पनि छापा हानेर कागजपत्र बरामद गरेको छ । ‘छन्सार छलेको सूचना आएपछि दुई वटा सप्लायर्समा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएका छौं,’ प्रमुख पोखरेलले भने, ‘अहिले अनुसन्धान भइरहेको छ । यस्तै इटहरीको कालिका गोल्डेन सिल्वर, सप्तरीको सुपर टाटा सुप एण्ड केमिकल उद्योगमा पनि छापा हानेर राजस्व कार्यालये जनाएको छ । पछिल्लो समयमा राजस्व छल्ने क्रम बढेको र राजस्व चुहावट रोक्न इटहरी राजस्व कार्यालयले अनुगमन तीव्र बनाएको जनाएको छ । ‘पछिल्लो एक सातामा ७ वटा व्यवसायिक फर्महरुमा छापा हानेर कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ,’ पोखरेलले भने ।
राजस्व कार्यालयले ढुवानी सेवादेखि बरामद भएको कपडाको बिगो आधारमा मुद्दा दायर गरि लिलामी प्रक्रिया अगाडि बढाउने गर्दछ ।