नेपालको अर्को शानदार जीत

विराटनगर । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियामाथि शानदार जित निकालेको छ ।

मलेसियाले दिएको ११० रनको सामान्य लक्ष्य पछ्याएको नेपालले मात्र १ विकेटको क्षतिमा १२.१ ओभरमा पुरा गर्‍यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धसकत पुरा गरे । भुर्तेलले ४१ बल खेल्दै ६१ रनमा अभिजित रहे। भुर्तेलले ५ छक्का र ३ चौका प्रहार गरे ।

अर्का ओपनर आसिफ शेख अर्धसतक बनाउन ८ रनले चुके। उनी १२ औं ओभरको पहिलो बलमा क्याच आउट भए । उनले २९ बल खेल्दै १ छक्का र ४ चौकाको सहयोगमा ४२ रन बनाए ।

उनले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग १०२ रनको साझेदारी गरे । दीपेन्द्र सिंह ऐरीले ३ बलमा ६ रन बनाउँदै नेपाललाई सहज जित दिलाए । मलेसियाका लागि विरेन्दिप सिंहले १ विकेट लिए ।

सोमबार, ०६ बैशाख, २०७८, दिउँसोको ०४:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर