विराटनगर । अन्ततः विराट गोल्डकपको उपाधि पहिलो पटक नेपाली विभागिय टोली एपिएफले चुम्न सफल भएको छ ।
विराटनगरस्थित शहिद रंगशालामा शनिबार (आज) भएको फाइनलमा पञ्जाब पुलिसविरुद्ध शून्यका विरुद्ध एक गोल गर्दै एपिएफले उपाधि हात पारेको हो ।
यसअघि वि.सं. २०७० सालमा पहिलो पटक फाइनल पुगे पनि संकटासँग १–० ले पराजित हुँदै एपिएफले उपाधि जित्न असफल भएको थियो ।
एपिएफको जितसँगै उच्च मनोबलका साथ मैदान प्रवेश गरेको भारत पञ्जावको टोली भने उपविजेतामै सिमीत भएको छ । एपिएफका लागि पहिलो हाफमै प्रदीप लामाले गोल गर्न सफल भएका थिए ।
पेनाल्टी बक्स बाहिरबाट तीन जना विपक्षी खेलाडीलाई बिड गर्दै लामाले बललाई पोष्टको दिशा दिएका थिए । उनको त्यही गोल एपिएफलाई विराट गोल्डकपको उपाधि दिलाउन पर्याप्त भयो । आजको खेलमा सुरुकै चरणलेखि एपिएफले पञ्जावलाई दबाबमा राखेको थियो ।