प्रत्यक्ष खेल हेर्ने दर्शक बढदै, विराट गोल्डकप हेर्ने ९ लाख दर्शक

विराटनगर । विराटनगरमा जारी छैठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता विभिन्न माध्यमबाट र मैदानमा उपस्थित भएर प्रत्यक्ष हेर्ने दर्शकको संख्या दैनिक ९ लाख पुग्ने गरेको छ । प्रत्यक्ष रुपमा खेलमैदानमा उपस्थित भएर, विभिन्न टेलीभिजन, फेसबुक पेज र अनलाइनको माध्यमबाट विराट गोल्डकपमा खेल हेर्ने दैनिक ९ लाख दर्शक रहेको आयोजकको दाबी छ ।

युवाहरुको नेतृत्वले डिजिटल प्रविधिको प्रयोग गरेर गोल्डकप खेल टेलिभिजन, अनलाइन र सामाजिक सञ्जाबाट प्रत्यक्ष प्रशासरण गरेपछि खेल हेर्ने दर्शकको संख्यामा अत्याधिक बृद्धि भएको आयोजकको भनाई छ । विराट गोल्डकपको प्रत्यक्ष प्रशासरण अहिले ६ वटा टिभी च्यनालहरूबाट भइरहेको छ । जसमा विराटनगरस्थित मकालु, झापाको हिमशिखर, सुनसरीको एरीना, विराट, फेवा, सुर्योदय, एक्सन स्पोर्टस, र हेटौंडा टिभीबाट हेरिएको छ । यी टिभी च्यानलबाट गोल्डकप फुटबल हेर्नेको संख्या ६ लाख रहेको छ । त्यसैगरी अनलाइनको माध्यम मध्ये सबैभन्दा बढी गोल्डकप गोल नेपाल डटकमबाट हेरीएको रेकर्डमा देखिन्छ । गोल नेपालबाट प्रत्यक्ष फुटबल हेर्नेको संख्या ९४ हजार भन्दा बढी रहेको छ । त्यसैगरी आवर विराटनगरको दर्शक संख्या ५९ हजार, कोसी अनलाइनको ५० हजार ६ सय, मकालु टिभी अनलाइनको ३७ हजार २ सय, हिमशिखर टिभी अनलाइनको ६ हजार ३ सय, विराट गोल्डकपको पेजबाट ६ हजार भन्दा बढी रहेको छ ।

त्यसैगरी विराट टिभी अनलाइन, एरीना टिभी अनलाइन, हेटांैडा अनलाइन, हिमपथ, संगालो खबरबाट पनि प्रत्यक्ष फुटबल हेर्नेको संख्या उल्लेखिय रहेको पाइएको छ । यसरी अनलाइनमा विराट गोल्डकप फुटबल आएपछि विश्वभरका मनिसले प्रत्यक्ष हेर्न पाएका छन् भने यसले एउटा ब्रान्ड समेत बनाउन थालेको छ ।

विराट गोल्डकप फुटबल प्रतियोगिताको संयोजक मनोज विक्रम साह पनि फुटबलले विराटनगर मात्र नभएर विश्व भरनै विराट गोल्डकपको क्रेज बढाएको बताए । ‘अहिलेका युवा डिजिटल माध्यमलाई मन पराउने भएकाले युवाहरुहो चाहाना अनुसार नै हामिले इन्टरनेट मार्फत डिजिटल प्रविधिमा लगेका हौ,’ उनले भने, ‘विदेश र विराटनगर बाहिर रहनुभएका खेलप्रेमी र्दशकहरूले प्रविधिको माध्यमबाट प्रत्यक्ष रुपमा विराटनगर गोल्डकप खेल हेर्दै आउनुभएको छ ।’ विराट गोल्डकप टिभी, अनलाइन, फेसबुक पेजजस्ता विभिन्न १५ भन्दा माध्यमबाट प्रत्यक्ष प्रसारण भैरहेको आयोजक समितिका दीबस सुबेदीले बताए ।

 

बिहिबार, ०२ बैशाख, २०७८, दिउँसोको ०४:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर