विराटनगर । छैठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलबाट घरेलु टिम विराटनगर महानगर ११ दोस्रो चरणमा प्रवेश गरेको छ ।
उसले बिहीबार विराटनगरस्थित सहिद रंगशालामा भएको खेलमा युनाइटेड फुटबल क्लब सिक्किमलाई २–१ गोलले पराजित ग¥यो ।
निकै आक्रमक भएको खेलको सुरूवातमा विराटनगर ११ का प्रकाश बुढाथोकीले गोल गरि टिमलाई अग्रता दिलाए । खेल सुरू भएको ८ औं मिनेटमा प्रकाशले ३० यार्डदेखि पोष्ट बार च्यापरेर गरेको प्रहारले जाली चुम्यो । खेल सुरू भएको ८ मिनेटमा गोल खाएपछि दबावमा परेको पाहुना टोली सिक्किमले खेल सुरू भएको ८ मिनेट बित्न नपाउँदै गोल गरि खेल बराबरीमा ल्याए । खेलको १५ मिनेटमा सिक्किमका आशिष देवानले कर्नर साइटदेखि निकालेको क्रस पासलाई सदुपयोग गर्दै साङ्गे छोपेन भुटियाले सानदार गोल गरे ।
खेलको २० मिनेटमा विराटनगरका सुनिल खड्काको वान भर्सेस वानको प्रहार सिक्किमका गोल किपर अवजित रोयले उत्कृष्ट बचाउ गरिदिए । सिक्किमका भुवन बस्नेतले खेलको २४ मिनेटमा डिबक्स बाहिरदेखि प्रहार गरेको सशक्त प्रहार बाहिरियो । खेलको ४१ औं मिनेटमा विराटनगरका प्रकाश बुढाथोकीले निकालिदिएको क्रस पास कप्तान दिपक राईले ३० यार्डदेखि गरेको प्रहार बाहिरियो ।
पहिलो हाफसम्म १÷१ गोलको बराबारी भएको खेलमा दोस्रो हापदेखि विराटनगर आक्रमक भएर मैदानमा उत्रियो । दोस्रो हाफको ५३ औं मिनेटमा विराटनगरका प्रकाश बुढाथोकीले डिबक्स भित्रदेखि गरेको प्रहारले जालि चुम्यो ।
खेल सुरु भएको ६५ औं मिनेटका सिक्किमका सोनम भुटियाले डिबिक्स बाहिरदेखि गरेको उत्कृष्ट प्रहार बारमा लागेर बाहिरियो । घरेलु दर्शकको साथ र समर्थन पाएको विराटनगरले पाएको गोल गर्ने थुप्रै अवसर खेर फाल्यो । खेलको म्यान अफ द म्याच विराटनगरका प्रकाश बुढाथोकी भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको शुक्रबारको खेल भारतको पंजाब पुलिस र गोर्खा ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ ।
विराटनगर ११ का प्रशिक्षक संजिव बुढाथोकीले खेलाडीहरूको मेहनतको कारणले सफलता हात पारेको बताए । उनले दोस्रो चरणमा रणनीति अपनाएर खेल खेल्ने बताए । वैशाख ४ सम्म हुने प्रतियोगिताका सब खेल साँझमा हुनेछन् । शहिद मैदानमा स्थायी फ्लडलाइट जडान गरिएको छ । प्रतियोगिताका लागि प्रदेश सरकार र विराटनगर महानगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएका छन ।
तीन विदेशी टिमसहित १० टिमको सहभागिता रहेको र प्रतियोगितामा सहभागी सबै टिमले म्याच फी पाउनेछन् । प्रतियोगितामा मनाङ मर्स्याङदी, मछिन्द्र, संकटा, ब्वाइज युनियन, एपीएफ, नेपाल पुलिस, गोरखा ब्वाइज क्लबसहित भारतको पन्जाब पुलिस क्लब, सिक्किम र अफ्रिकन क्यामरुन टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
विराट गोल्डकपको विजेताले १५ लाख १५ हजार र उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । पहिलो म्याच खेलेर बाहिरिनेले ३० हजार, क्वाटरफाइनलवाट बाहिरिनेले ५० हजार र सेमिफाइनल पराजित टिमले ७५ हजार म्याच फी पाउनेछन् । प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए ।