आइटिएफ तेक्वाण्डोमा भट्टराई

विराटनगर । आइटिएफ तेक्वाण्डो संघ विराटनगर महानगरपालिकाको अध्यक्षमा मनिष भट्टराई निर्वाचित हुनुभएको छ । विराटनगरमा बुधबार भएको तेक्वाण्डोको भेलाले भट्टराईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

संघको उपाध्यक्ष विकेश चौधरी, सचिबमा कृष्ण खतिवडा, सह–सचिबमा अर्जुन रिजाल, कोषाध्यक्षमा संदिप न्यौपाने रहेका छन् । समितिको अन्य सदस्यहरूमा मो. समसेद, मो. इमरान, दिवश गौतम, दिपेश जंग कार्की, रंजित कामत र अनिल खतिवडा रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष भट्टराईले आइटिएफ तेक्वाण्डो खेलप्रति अभिरूची बढाउनुको साथै नयाँ खेलाडी उत्पादनमा सक्रिय भएर लागिपर्ने बताउनुभयो । प्रदेशस्तरीय तेक्वाण्डो खेल विराटनगरमा नयाँ वर्षको अवसर पारेर वैशाख महिनाभित्रमा आयोजना गर्ने उहाँको योजना छ ।

कार्यक्रममा आइटिएफ तेक्वाण्डोको प्रदेश १ का संस्थापक अध्यक्ष प्रविणकुमार कार्कीले खेलाडीको मनोबल उच्च बनाउन खेलकुद क्षेत्रको विकासमा राज्यले लगानी गर्नुपर्नेमा जोड दिनुभयो । ‘खेलाडी राष्ट्रको गहना हुन्,’ उहाँले भन्नुभयो, ‘खेलकुद क्षेत्रमा लगानी गरि यस क्षेत्रको विकासमा तीन तहको सरकारले ध्यान दिनुपर्दछ । अनि मात्र खेलकुद क्षेत्रमा खेलाडीहरू व्यवसायिक बनेर खेलाडीले जीवन यापन गर्न सहज हुन्छ ।’

कार्यक्रममा इन्सेकका प्रदेश १ प्रमुख सोमनाथ थापा, एमाले नेता रूपेश खतिवडालगायतका उपस्थित रहेको थियो ।

बिहिबार, ०५ चैत, २०७७, बिहानको १०:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर