उद्योग संगठन मोरङमा प्याकुरेलको नेतृत्व

विराटनगर । मोरङका उद्योगीहरुको संस्था उद्योग संगठन मोरङमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार राति सम्पन्न साधारणसभाबाट विराटनगरका उद्योगी सुयश प्याकुरेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

सभारणसभाबाट प्याकुरेल अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । वरिष्ठ उपाध्यक्ष पदमा भने निर्वाचन भएको थियो । संगठनको वरिष्ठ उपाध्यक्षमा प्रदीपकुमार मुरारका निर्वाचित हुनुभयो । उहाँले ७७ मत प्राप्त गर्नुभएको थियो भने निकटतम् प्रतिद्वन्दी राकेश सुरानाले ७५ मत प्राप्त गर्नुभएको थियो ।

वरिष्ठ उपाध्यक्षबाहेक अरु सबै पदमा आवश्यक संख्यामा उमेदवारी दर्ता भएका कारण निर्विरोध भएको थियो । साधारणसभाबाट तीन जना उपाध्यक्षहरु भोलेश्वर दुलाल, राजकुमार गोल्छा र नन्दकिशोर राठी निर्विरोध निर्वाचित हुनुभयो । कोषाध्यक्षमा विपिन कावरा निर्वाचित हुनुभयो भने सुनिलकुमार धनावत, पारस लुनिया, इन्द्र खत्री, सुवोध कोइराला, शौरभ सारडा, तारानाथ निरौला, सुरेन्द्र गोल्छा र सुदीप घिमिरे सदस्य पदमा निर्वाचित हुनुभयो ।

आइतबार, ०१ चैत, २०७७, बिहानको १०:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर