लोड हुँदैछ...

मेनु

विराटनगरमा यु–२० थ्री वाई थ्री वास्केटबल प्रतियोगिता हुने

विराटनगरमा यु–२० थ्री वाई थ्री वास्केटबल प्रतियोगिता हुने

विराटनगर । प्रदेश नं १ को राजधानी विराटनगरमा विराटनगर बास्केटबल एकेडेमीले ‘यु–२० थ्री वाई थ्री वास्केटबल’ प्रतियोगिता गर्ने भएको छ ।

प्रतियोगिता फाल्गुन २२ गते विकेभिएम स्कुलको बास्केटबल कोर्टमा हुने विराटनगर बास्केट बल एकेडेमीका मिङ्मा तामाङले जानकारी दिए ।

प्रतियोगितामा प्रदेश नं १ का विराटनगर, इटहरी, धरान, विराट चोक, बेलबारी, दमक, बिर्तामोड, काकडभिट्टालगायत १६ टिमको सहभागिता रहनेछ।

प्रतियगिताको विजेता, उपविजेता र उतकृष्ट खेलाडीलाई नगद पुरस्कार साथै ट्रफी, मेडल र परमाणपत्र दिइनेछ।

प्रतियोगिताबीच विराटनगर र बिर्तामोड महिला टिमबीच मैत्रीपूर्ण खेल खेलाउने जानकारी समेत तामाङले दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।