एमएमसी विराटनगर फाइनलमा प्रवेश

विराटनगर । मोरङको जहदामा लक्ष्मीनिया युवा क्लवद्वारा आयोजित वाई वाई वडा अध्यक्ष कप क्रिकेट प्रतियोगितामा एमएमसी क्लब विराटनगर फाइनलमा प्रवेश गरेको छ ।

कलाबन्जर युवा स्पोर्टिङ क्लब धनपालथानलाई ४ विकेटले पराजित गर्दै एमएमसी विराटनगर फाइनलमा प्रवेश गरेका हो । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको कलाबन्जर १९ ओभरमा अलआउट हुँदै १२३ रन बनाउन सफल भएको थियो ।

कलाबन्जर स्पोटिङ क्लबका अमितले सर्वाधिक ३० रन, बेचनले २२ रन, सुरजले १४ रन, नरेशले १०, श्यामले ८ र पप्पुले ७ रनको योगदान गरे । यता एमएमसी क्लबको तर्फबाट फ्रिदोश अन्सारी र जोसेफ खड्काले ३÷ ३ विकेट, बैजनाथ चौधरीले २ विकेट, सिद्धान्त लोहनी र कमलले १/१ विकेट लिए । जवाफी ब्याटिंगमा उत्रिएको एमसीसी क्लब १८ ओभरमै जित हात पार्यो ।

सुरुकै ६ ओभर सम्म ४ महत्त्वपूर्ण विकेट गुमाएको एमसीसीका लागि निक्कै चुनौतीपूर्ण खेल रहेको थियो । यद्यपि फ्रिदोश र तब्रेजले सार्वाधिक रन लिएर टिमलाई जिताउन सफल भए । अघिल्लो खेलमा सार्वाधिक १०६ रन लिएका बैजनाथ चौधरी यस पल्ट पहिलो ओभरको पहिलो बलमै आफ्नो विकेट गुमाएका थिए ।

खेलमा ३ विकेट र २७ रन लिएर म्यान अफ दि म्याच भएका फ्रिदोशलाई मझारे प्रहरी चौकीका हवल्दार राइले मेडल, कप र प्रमाण पत्र प्रदान गरे । शनिवार हुने फाइनल खेल एमएमसी क्लब विराटनगर र जहदा–६ पोखरियाबीच हुने क्लबका अध्यक्ष नितेश कुमार शाहले जानकारी दिनुभयो ।

लक्ष्मीनिया युवा क्लवले आयोजना गरेको सो क्रिकेट प्रतियोगितालाई जहदा–५ वडा कार्यालयले आर्थिक सहयोग गरेको छ । वाईवाईले प्रायोजन गरेको प्रतियोगितामा मुस्तांग बियर सह–प्रायोजक रहेको छ ।

 

मङ्गलबार, १८ फागुन, २०७७, साँझको ०७:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर