ताप्लेजुङको दोभानमा आगलागी (फोटो)

ताप्लेजुङ । आज बिहान भएको ताप्लेजुङको दोभान बजार आगालागीको घटनाप्रति राष्ट्रपतिले दुःख व्यक्त गर्दै उचित क्षतिपूर्तिको प्रबन्ध गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज एक वक्तव्य जारी गर्दै आगलागी प्रभावितहरुका लागि यथाशीघ्र राहत तथा पुनर्स्थापनाको पहल गर्न सरकारसँग आग्रह गर्नुभएको हो । ‘हावाहुरी र खडेरीको मौसममा हुने आगलागी जस्ता विपद्को जोखिमको न्यूनीकरण गर्न पूर्व तयारीका साथै आवश्यक सचेतनासहित सुरक्षित संरचनाको विकास गर्नुपर्ने खाँचो महसुस गरेको छु,’ जारी वक्तव्यमा उल्लेख छ ।

दोभान बजारमा मंगलबार आगलागी हुँदा ५५ घर जलेको बताइएको छ । ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले दिएको जानकारी अनुसार अहिलेसम्म ५५ घर नष्ट भएको छ ।

ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजारमा विहान ९ बजे लागेको आगलागीले खण्डहर बनेको केही तस्बिरहरु सार्वजनिक भएका छन् । त्यहाँका स्थानीय मनमणि काफ्लेले उक्त तस्बिरहरु सामाजिक संजाल फेसबुमा राखेका हुन् ।

मङ्गलबार, १८ फागुन, २०७७, साँझको ०५:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर