ताप्लेजुङ  । दोभान बजारमा भइरहेको आगलागीबाट कम्तीमा ४० घर जलेर नष्ट भएका छन् ।

घटनास्थलमै रहेकी ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले  दिएको जानकारी अनुसार कम्तीमा ४० घर पूर्ण रुपमा नष्ट भएका छन् । यो संख्या बढ्न सक्ने उनको भनाई छ ।

ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ स्थित दोभान बजारमा आज बिहान सवा नौ बजेदेखि आगलागी सुरु भएको थियो ।

‘अहिलेसम्म कम्तीमा ४० घर पूर्ण रुपमा जलेको सुरक्षा निकायको अनुमान छ’, उनले भनिन् ‘अहिले चाहिँ फैलिने क्रम रोकिएको छ । नियन्त्रण उन्मुख भएको आगो पूरै नियन्त्रणमा चाहिँ आइसकेको छैन । ’ अहिले एउटा दमकलले मात्रै आगो निभाइरहेको बताउँदै उनले पाँचथरको दमकल आइपुग्न लागेको जानकारी दिइन् ।

सहायक प्रजिअका अनुसार आगलागीको घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।