लोड हुँदैछ...

मेनु

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते आव्हान

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते आव्हान

विराटनगर । संसद (प्रतिनिधिसभा)को अधिवेशन फागुन २३ गतेका लागि आब्हान भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस बमोजिम आज संसदको अधिवेशन आव्हान गर्नुभएको हो ।

संसदको अधिवेशन फागुन २३ गते अपरान्ह ४ बजेका लागि आव्हान गरिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभाको अधिवेशन आव्हानको सिफारिस गरेको थियो ।

संसद अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल थालिने छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।