विराटनगर । उर्लाबारीका प्रवीण बाँस्तोलाको ‘रहस्यमय मृत्यु’ प्रकरणमा दुईमध्ये एक जना पुर्पक्षका लागि जेल चलान भएका छन् भने अर्का एक जना आरोपी तीन लाख धरौटीमा छुटेका छन्।
पक्राउ परेका मोरङका रतुवामाई १० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई बिहीबार मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
उर्लाबारी ९ का ३४ वर्षीय कुमार राईलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।
मोरङ जिल्ला अदालतको ७ नम्बर इजलासका न्यायाधीश सुदर्शन लामिछानेको एकल इजलासले यस्तो आदेश दिएको हो।
उर्लाबारी ५ का बाँस्तोलाको गत पुस ५ मा शङ्कास्पद अवस्थामा मृत्यु भएको थियो। प्रवीणको हत्या आरोपमा ६ जना विरूद्ध मुद्दा दायर गरिएको थियो। मुद्दा दायर गरेकामध्ये चार जना फरार छन्।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।