दुई लाख घुससहित फार्मेसी अधिकृत पक्राउ

विराटनगर । औषधी व्यवस्था विभाग विराटनगरका फामेर्सी अधिकृत सरोज सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।

बिहीबार अपरान्ह विराटनगर ३ स्थित एक होटलबाट सुवेदीलाई सेवाग्राहीबाट घुस रकम लिएलगत्तै अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

बन्द भएको फार्मेसी सञ्चालनको अनुमति दिने नाममा सुवेदीले दुई लाख रुपैयाँ घुस लिएको अख्तियारको टोलीले जनाएको छ । त्यसबारे थप जानकारी आउन बाँकी छ ।

बिहिबार, १३ फागुन, २०७७, दिउँसोको ०४:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर