महासंघका २३ वटा विषयगत समिति गठन

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले विषयगत समिति गठन गरेको छ । महासंघका अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकले २३ वटा विषयगत समिति गठन गरेको हो ।

संस्थाको काम छिटो छरितो र सरल बनाउन तथा व्यवसायीहरुको हकहितका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय निकाय तथा अन्य सरोकारवालाहरुसंग समन्वय गर्न समिति गठन गरिएको हो ।

महासंघको कृषि उद्यम केन्द्र समितिको सभापतिमा अध्यक्ष ढकाल नै रहनुभएको छ । सदस्यता वितरण समितिमा राजेन्द्र राउत, उद्योग वाणिज्य परिषदमा भीम पौडेल, रोजगारदाता समिति सभापतिमा रमेशकुमार राठी, व्यापार मेला समिति सभापति रविन दाहाललाई मनोनयन गरिएको छ । यसैगरी उर्जा तथा वातावरण समिति सभापति श्रवणकुमार अग्रवाल, बैंक, वित्तीय तथा बिमा समिति सभापति सुवास आचार्य, स्वास्थ्य तथा शिप विकास समिति सभापति राजन श्रेष्ठ, मानव संसाधन समिति सभापति वीरेन्द्रकुमार साह, घरेलु तथा साना उद्योग समिति सभापति प्रितम खड्गी, शहरी विकास समिति सभापति भूपालराज कटुवाल, सामाजिक विकास समिति सभापति युवराज शाक्य मनोनयन हुनुभएको छ ।

महासंघले सूचना तथा सञ्चार प्रविधि समितिको सभापतिमा कुमार भट्टराई, नीजि तथा साझेदारी समन्वय समितिको सभापतिमा पशुपति बराल, महिला उद्यमी विकास समितिको सभापतिमा सरु के.सी, स्थानीय आर्थिक विकास समितिको सभापतिमा कुमारमणी पोखरेल, कर तथा राजश्व समितिको सभापतिमा देवकीनन्दन अग्रवाल, पर्यटन तथा हवाई यातायात समितिको सभापतिमा भबिष श्रेष्ठ, स्टार्टअफ र इनोभेशन समितिको सभापतिमा विनोद बस्नेतलाई मनोनयन गरेको छ । वस्तुगत समन्वय समितिको सभापतिमा दिपक पाण्डे, भन्सार समन्वय समितिको सभापतिमा विजेन्द्र पारासर, ऐन कानून तथा नीति निर्माण समितिको सभापतिमा सुर्य बिमली र स्थल यातायात तथा पारवहन समितिको सभापति मेघराज सिग्देललाई मनोनयन गरिएको महासंघले जनाएको छ ।

सोमबार, १० फागुन, २०७७, बिहानको १०:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर