विराटनगर । मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ प्रदेशसभाको बैठक सरकार र सरकार पक्षीय संसदहरुले नै बहिष्कार गर्ने भएका छन ।
यसअघि माघ २५ गतेको बैठकमा अविश्वास प्रस्ताव पेस गर्ने कार्यसुची रहेकोमा मुख्यमन्त्री निकट प्रदेशसभा सदस्यहरुले नै बैठक अबरुद्ध गरेका हुन ।
सरकार समर्थक संसदहरुबाट संसद बैठक अबरुद्ध भएको घटना बिश्वमै नौलो हो । २५ गते स्थगित भएर आजको लागि तय भएको बैठकमा पनि अविश्वास प्रस्ताव पेस गर्ने कार्यसुची प्रदेशसभाले सार्बजनिक गरेको छ ।
आज २ बजेको लागि तय भएको बैठकमा अहिलेसम्म कुनै मन्त्री र सरकार पक्षीय प्रदेशसभा सदस्य उपस्थित छैनन । अविस्वास प्रस्ताव खारेज नभए बैठक चल्न नदिने धम्की दिदै आएको सरकार पक्षले बैठक बहिस्कार गर्ने रणनीति बनाएको बुझिएको छ ।
अहिले विपक्षी प्रदेशसभा सदस्यहरु सभामुखसग परामर्शमा छन भने सत्तापक्षीय प्रदेशसभा सदस्यहरु मुख्यमन्त्री कार्यालयमा छलफलमा छन ।