विराटनगर । प्रदेशसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित गर्न प्रदेश सरकारका तर्फबाट दवाव आएपछि आज कार्यव्यवस्था समितिको बैठक नबस्ने भएको ।
बैठकको कार्यसूचि तय गर्न कार्यव्यवस्था समितिमा छलफल हुने गरेको भएपनि सहमति नबन्ने र विवाद हुने पूर्व अनुमान गरि सभामुख प्रदीपकुमार भण्डारी कार्यव्यवस्थाको बैठक राख्ने तर्फ अनिच्छा देखाउनुभएको हो । बैठकको कार्यसूचि सभामुखले निर्धारण गर्ने प्रदेशसभा नियमावलीको व्यवस्था अनुरूप उहाँले बैठकको कार्यसूचि बनाउने बताइएको छ ।
प्रदेशसभा सचिवालयका एक अधिकारीले भन्नुभयो, ‘तारान्तार फोनबाट सुझाव आइरहेकै छ अब कार्यव्यवस्था किन जरूरी छ र सल्लाह आइरहेकै छ ।’
सरकार विरूद्ध २ महिना अगाडि अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेशसभाको दुईवटा बैठक बसेको थियो । ती बैठकहरू २ देखि ३ मिनेट मात्र बसेका थिए ।
प्रदेशसभाको चालू सातौं अधिवेशनको तेश्रो बैठकमा छलफलका लागि सचिवालयमा सरकारले कुनै बिजनेस दिएको छैन । छलफलकालागि प्रदेशसभामा अविश्वासको प्रस्ताव मात्र छ ।
आजको बैठक रोक्न सरकारको तर्फबाट दवाव आएपनि संवैधानिक र कानूनीरूपमा दर्ता भएको अविश्वासको प्रस्ताव टेबल गर्नु पर्नेमा सभामुख स्पष्ट हुनुहुन्छ । त्यस अर्थमा पनि आज प्रदेशसभामा अविश्वासको प्रस्ताव टेबुल हुने सम्भावना रहेको बताइएको छ । सतारूढ दल नेकपाको सरकार पक्षका सांसदहरूले सदनमा विरोध जनाए पनि प्रस्ताव टेबुल गर्ने तयारी सचिवालयले गरिरहेको बताइएको छ ।
अबिस्वासको प्रस्ताब पास भएपछि मुख्यमन्त्री ज्यु हनिमुनमा जाने होला ।