विराटनगर (एजेन्सी) विश्व क्रिकेटको सर्वाधिक लोकप्रिय प्रतियोगिता इन्डियन प्रिमियर लिगको अक्सन सकिएको छ । नेपाली स्टार सन्दिप लामिछानेलाई कुनै पनि टोलीले नलिँदा नेपाली समर्थकले खल्लो महसुस गरेका छन् ।
यसपटक माष्टर ब्लाष्टर सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकर पनि मुम्बइको टिममा अनुबन्धित भएका छन् । चेन्नईमा सकिएको अक्सनमा दक्षिण अफ्रिका क्रिस मोरिस सर्वाधिक महँगो मूल्यमा अनुबन्ध भएका छन् ।
मोरिसलाई राजस्थान रोयल्सले आइपिएल इतिहासकै सर्वाधिक रकम क्रममा १६ करोड २५ लाख खर्चेर खरिद गर्यो । अक्सनमा इंग्ल्यान्डका ओपनर जेसन रोय, एलेक्स हेल्स र अष्ट्रेलिया आरोन फिन्च जस्ता चर्चित ओपनरलाई कुनैपनि टोलीले लिएनन् ।
अक्सनमा कुल ६१ खेलाडीको कोटा बाँकी थियो । जसमा ५७ खेलाडी अक्सनमा बिक्री भएका छन् । राजस्थानले एक र बेंगलोरले तीन खेलाडी खाली राख्दा अन्य सबै टोलीमा २५–२५ खेलाडी भएका छन् । यसपटक कुन टिममा को को छन् त हेरौं विवरण
चेन्नई सुपर किंग्स : महेन्द्रसिंह धोनी कप्तान, रविन्द्र जडेजा, सुरेश रैना, फाप डु प्लेसिस, साम करन, ड्वेन ब्राभो, जोश हेजलवुड, लुन्गी एनगिडी, अम्बाती रायुडू, करण शर्मा, मिचेल सान्टनार, शार्दुल ठाकुर, रोविन उथप्पा, रितुराज गायकवाड, नारायण जगदिशन, इमरान ताहिर, दिपक चाहर, केएम आशिफ, आर शाई किशोर, कृष्णप्पा गौवथम, मोइन अली, चेतेश्वर पुजारा, भगर्थ बर्मा, हरि निसान्थ र एम हरिशंकर रेड्डी ।
पन्जाब किग्स : लोकेश राहुल कप्तान, क्रिस गेल, निकोलस पुरन, मोहम्मद शामी, क्रिस जोर्डन, मन्दीपसिंह, मयंक अग्रवाल, रबि बिश्रोई, प्रभसिम्रन सिंह, दिपक हुडा, शरफराज खान, अर्शदीप सिंह, मुरुगन आश्विन, दर्शन नलकान्डे, ईशान पोरल, हरप्रित बार, झेय रिचर्डसन, राइली मेरेडीथ, शाहरुख खान, मोइजेस हेनरिक्स, डेविड मलान, जलाज सक्सेना, उत्कर्ष सिंह, फबेन एलिएन र सौरभ कुमार ।
दिल्ली क्यापिटल्स : शिखर धवन, कागिसो रबाडा, पृथ्वी शाह, अजिक्या रहाने, ऋषभ पन्त, श्रेयस ऐर कप्तान, एनरिच नोर्किया, मार्कस स्टोइनिस, शिम्रन हेटमायर, अक्षर पटेल, अमित मिश्रा, ईशान्त शर्मा, रविचन्द्रन आश्विन, ललित यादव, क्रिस वोक्स, आवेश खान, प्रविन दुबे, टम करन, स्टिभ स्मिथ, साम विलिंग्स, उमेश यादव, रिपल पटेल, विष्णु विनोद, लुकमान मेरिवाल र एम सिद्धार्थ ।
कोलकाता नाइट राइडर्सः ओइन मोर्गन कप्तान आन्द्रे रसेल, दिनेश कार्तिक, कमलेश नगरकोटी, कुलदीप यादव, लोकी फर्गुसन, नितेश राना, प्रसिंद्ध कृष्ण, रिंकु सिंह, सन्दीप वारिवर, शिवम माभी, सुभमन गिल, सुनिल नारायण, प्याट कमिन्स, राहुल त्रिपाठ्ठी, बरुणचक्रवर्ती, टिम सिफर्ट, सकिब अल हसन, शेल्डन ज्याकसन, विभव आरोन, करुण नायर, हरभजन सिंह, बेन कटिङ, वेन्केश ऐर र पवन नेगी ।
सनराइजर्स हैदराबाद : प्रियम गर्ग, अभिषेक शर्मा, अब्दुल समाद, डेभिड वार्नर कप्तान, मोहम्मद नाबी, मिचेल मार्श, केन विलियम्सन, ऋद्धिमान शाह, मनिष पान्डे, जोनी बेयरस्टो, श्रीवात्स गोस्वामी, शहबाज नदिम, भुवनेश्वर कुमार, सिद्धार्थ कौल, सन्दीप शर्मा, विजय शंकर, विराट सिंह, वसिल थाम्पी, राशिद खान, टि नटराजन, खलिल अहमद, जेसन होल्डर, केदार जाधव, जे सुचित र मुजिब उर रहमान ।
राजस्थान रोयल्स : महिपाल लोमरोर, मनान बोहरा, रियान पराग, मयंक मरकान्डे, श्रेयस गोपाल, जयदेव उनादकट, कात्र्तिक त्यागि, राहुल टेवाटिया, यशस्वी जैसवाल, सन्जु स्यामसन कप्तान, अनुज रावत, डेविड मिलर, जोफ्रा आर्चर, एन्ड्रुय टाई, बेन स्टोक्स, जस बटलर, क्रिस मोरिस, शिवम दुबे चेतन सकरिया, मुस्ताफिजुर रहमान, केसी चरिप्पा, लियाम लिभिङस्टोन, कुलदीप यादव र आकाश सिंह ।
रोयल च्यालेन्जर्स बेंगलोर : विराट कोहली, एबि डिभिलियर्स, युजभेन्द्र चहल, देवदत्त पाडिक्कल, वासिन्टन सुन्दर, मोहम्मद सिराज, नवदीप सैनी, एडम जाम्पा, शहवाज नदिम, जोश फिलिपे, केन रिचर्डसन, पवन देशपान्डे, ड्यानियल साम्स, हर्षल पटेल , काइल जामिसन, ग्लेन म्याक्सवेल, डेन क्रिष्टियन, सचिन वेबी, राजत पतिदार, मोहम्मद अजहरुद्दिन, सिकर भारत र सुयस प्रधुदेसमई ।
मुम्बई इन्डियन्स : रोहित शर्मा, काइरन पोलार्ड, हार्दिक पान्ड्या, ट्रेन्ट बोल्ट, क्विन्टन डी कक, सूर्य कुमार यादव, जस्प्रित बुमराह, राहुल चहर, इशान किशन, क्रनाल पान्ड्या, क्रिस लिन, धवल कुलकर्णी, मोहसिन खान, अनुकुल रोय, आदित्य तारा, सौरभ तिवारी, जयन्त यादव, अनोमलप्रित सिंह, नाथन कुल्टर नाइल , एडम मिल्ने, पियुष चवला, जेम्स निसम, युधवीर चरक, मार्को जेनसन र अर्जुन तेन्दुलकर ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।