न्यूटनले गुरुत्वाकर्षणको नियम पत्ता लगाएका होइनन्: प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूटनले चालसम्बन्धी नियम पत्ता लगाउने व्यक्ति न्यूटन नभएको दाबी गर्नुभएको छ ।

विराटनगरमा आयोजित जनसभामा बोल्दै ओलीले नेपालका विभिन्न पौराणित इतिहास र बौद्धिक व्यक्तित्वहरुको चर्चा गर्नेक्रममा यस्तो दाबी गरेका हुन् । ‘न्यूटनले भनेको ग्राभिटेसनको सिद्धान्त गणिताचार्य भाष्कराचार्य नाम गरेका गणितज्ञाले यसै भूभागमा पत्ता लगाएका थिए । न्यूटनले भन्दा ५ सय वर्ष अगाडि भाष्काराचार्यले गुरुत्वाकर्षणसम्बन्धी सिद्धान्त पत्ता लगाएका थिए । हाम्रा कोर्ष बुकहरू सच्याइनु पर्छ अब । न्यूटनले गुरुत्वाकर्षण सम्बन्धी नियम पत्ता लगाएका होइनन्,’ ओलीले भने, ‘हाम्रा पूर्वजहरु विद्धान र अनुसन्धाता थिए । दुनियाँ विश्व अन्धकारमय भएको बेला हाम्रा अग्रजहरुले बेद र पुराणहरु रचना गरेका थिए ।’

ओलीले नेपालकै भूमिमा सभ्यताको पहिलो शंखघोष शिव सभ्यताबाट भएको, विचार र दर्शनको सभ्यता शैप्य दर्शनको रुपमा यही भूमिबाट सुरु भएको, शांख्य दर्शनको रुपमा कपिलमुनी जस्ता दार्शनिकहरु, योगका प्रणेता शिव र कपिलमुनी जस्ता विद्धानहरु, अर्घखाँचीमा जन्मिएर हुर्किएरका अष्टांग योगको विकास गर्ने पतञ्जलीहरु, आर्युर्वेद नेपालमै सुरु भएको पनि दाबी गरे । उनले तारा, ग्रह नक्षेत्रहरुको अध्ययन गर्ने हजार वर्षपछिसम्मको भविष्यवाणि गर्ने खगोलशास्त्र सम्बन्धी विभिन्न तथ्य उहिल्यै हाम्रा पूर्वजले पत्ता लगाएको दाबी पनि गरे । हाम्रो देशको यति लामो र सुन्दर इतिहास भएपनि ढुंगा र बालुवा मात्रै भएका देशहरु विकसित हुँदा नेपाल पछाडि परिरहेको ओलीले बताए ।

शनिबार, ०८ फागुन, २०७७, दिउँसोको ०४:२४ बजे

प्रतिक्रिया

  1. के गर्ने त सबै थोक हुदाहुदै पनि तिमिहरुजस्ता नालायक नेतापनि यै धर्तिमा जन्मिनुले देश उधोगति भएको हो ।।

प्रतिक्रिया:

सम्बन्धित खवर