लोड हुँदैछ...

मेनु

प्रधानमन्त्री आउने बाटोका सर्वसाधरणलाई खानतलासी (तस्बिर)

प्रधानमन्त्री आउने बाटोका सर्वसाधरणलाई खानतलासी (तस्बिर)

विराटनगर । आफू पक्षीय नेकपाले विराटनगरमा आयोजना गरेको शक्ति प्रदर्शनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आउने भएसँगै यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सभास्थलमा मात्रै नभएर प्रहरीले प्रधानमन्त्री ओली आउने बाटोका सर्वसाधरणलाई पनि खानतलासी गरेको छ । बाटोमा पैदल र मोटरसाइकलमा हिंडिरहेका सर्वसाधरणलाई प्रहरीले बाटो छेकेर चेकजाँच र खानतलासी गरेको हो । विराटनगर बिमानस्थलदेखि सभास्थलसम्म आउने बाटोमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

हेरौं तस्बिरहरु :

1 प्रतिक्रिया

1 प्रतिक्रिया

K.R. Sharma
February 20, 2021 12:49 PM

निभ्न आंटेको बत्ती को प्रकाश उज्यालो !

प्रतिक्रियाहरू बन्द छन्।