प्रजातन्त्र दिवसमा प्रभात फेरि

विराटनगर । प्रदेश १ सरकारले ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विराटनगरमा प्रभातफेरीको आयोजना गरेको छ ।

बुधबार बिहान ७ बजे रोडशेष चोकमा भेला भई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म प्रभातफेरी गरी ¥याली मूलसमारोहमा परिणत भएको थियो ।

दिवसका अवसरमा फागुन ६ गते प्रदेशभित्रका सबै सरकारी कार्यालयले आ–आफ्नो कार्यालय परिसरमा सरसफाइ गरेका थिए । फागुन ८ गते सामाजिक विकास मन्त्रालयले सबै जिल्ला अस्पतालका बिरामी, वृद्धाश्रम, अनाथालयमा फलफूल वितरण गर्ने र तीनै दिन साँझ दिपावली गर्ने निर्णय प्रदेश सरकारले निर्णय गरेको छ ।

यस्तै धनकुटाको शहीदभूमि गाउँपालिकामा छिन्ताङ काण्डका शहीदप्रति आज नै सम्मान र परिवारलाई राहत उपलब्ध गराउन आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की धनकुटा पुग्नु भएको छ ।

शुक्रबार, ०७ फागुन, २०७७, बिहानको ०९:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर