लोड हुँदैछ...

मेनु

मूल्य वृद्धिको विरोधमा विद्यार्थीले गरे प्रदर्शन

मूल्य वृद्धिको विरोधमा विद्यार्थीले गरे प्रदर्शन

विराटनगर। सरकारले महंगी बढाएको भन्दै त्यस विरुद्ध विद्यार्थीहरुले आज मोरङका विभिन्न क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका छन् ।

पेट्रोलियम पदार्थको मूल्य सरकारले एक हप्तामा दुईदुई पटक वृद्धि गरेपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । मूल्य वृद्धि विरुद्ध बिहीबार महेन्द्र मोरङ बहुमुखि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले पनि विरोध प्रदर्शन गरेका छन् ।

क्याम्पस इकाइ समितिको अग्रसरमा विद्यार्थीहरुले सरकारले गरेको चर्को मूल्य वृद्धि घटाउनु पर्ने, उपभोक्ता र विद्यार्थीहरुको जीवनलाई प्रभावित हुने गरी भएको भइरहेको मूल्य वृद्धि नियन्त्रण गर्नुपर्ने माग गरेका थिए ।

पछिल्लो समय सरकारले इन्धनमा भारी मूल्यवृद्धि गरेको छ भने बिरामी परीक्षण गर्दा चिकित्सकले लिने शूल्क पनि बढाएको छ । सरकारले जनजीविका सहज बनाउँदै लैजानु पर्नेमा मूल्यवृद्धि गरी सर्वसाधारणको ढाड सेक्ने काम गरेकोमा उनीहरुले निरन्तर विरोध जनाउने पनि जनाएका छन् ।
विद्यार्थीहरुले जिल्लाका विभिन्न क्याम्पसहरुमा भेला भएर मूल्य वृद्धिको विरोध गरेको विद्यार्थी नेताहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds