विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङका अध्यक्ष तथा केन्द्रीय सदस्य ऋषिकेश पोख्रेललाई मातृ शोक परेको छ ।
विराटनगर–१० निवासी पोखरेलकी आमा यसोदा पोखरेलको बुधबार बिहान ७ः३० बजे ७३ वर्षको उमेरमा निधन भएको हो । उहाँ उच्च रक्तचापको बिरामी हुनुहुन्थ्यो । एक्कासी रक्तचापका कारण उहाँलाई ब्रेम ह्यामरेज भएको थियो । ब्रेन ह्यामरेजपछि नोबेल अस्पताल विराटनगरमा उहाँको अपरेसन गरिएको थियो । अपरेसन गरेपनि उपचारमा सुधार नआएको पोखरेलका आफन्तले जनाएका छन् ।
मृतक पोखरेलको बुधबार ११ बजे विराटनगरस्थित सिंघीया खोलाको स्मृतिघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिका क्रममा राजनीतिक पार्टीका नेता, कार्यकर्ताहरुका साथै प्रदेश सरकार तथा स्थानीय सरकारका सरकारी अधिकारीहरु र सर्वसाधरणको उल्लेख्य सहभागीता थियो ।