भागरथी भट्टको हत्यामा संलग्न सार्वजनिक

काठमाडौं । बैतडीकी १७ वर्षीया युवती भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न भनिएका दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भट्टको गत माघ २१ गते बलात्कारपछि हत्या गरिएको थियो । उनको शव दुई दिनपछि झाडीमा भेटिएको थियो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा आज पत्रकार सम्मेलन गरी घटनास्थलमा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको बताउनु भयो ।

भट्टविरुद्ध भागरथीको दाजुले किटानी जाहेरीसमेत दिएका छन् । भागरथीलाई बाटोमा ढुकेर हत्या गरेको खुलेको छ। पत्रकार सम्मेलनमा बोल्दै महानिरीक्षक उत्तमराज सुवेदीले किशोरले हत्या गर्न भागरथीलाई अगाडि नै लवलेक जंगलमा कुरेर बसेको पाइएको बताउनु भयो ।

‘घर जाने क्रममा घटनास्थल पुगेर भागरथीलाई मार्ने उदेश्यले कुरेर बसेको देखियो,’ उनले भने, ‘भागरथीलाई सडकभन्दा तल धकेलेर लडेपछि जबरजस्ती घाँटी थिचेर मारेको देखियो ।’ हत्यामा संलग्न भनिएका दिनेश भट्ट पनि दोगडाकेदार गाउँपालिका–७ का भागरथी भट्ट पढ्ने सनातन धर्म माध्यमिक विद्यालयकै कक्षा ११ मा अध्ययनरत थिए।

बुधबार, ०५ फागुन, २०७७, दिउँसोको ०३:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर