अदालतको साँघुरो किल्लाभित्र न्यायको हत्या गर्नु हुँदैन : गगन थापा

विराटनगर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले अदालतको साँघुरो किल्लाभित्र न्यायको हत्या नगर्न आग्रह गर्नुभएको छ ।

बिहीबार विराटनगरमा नेपाली कांग्रेसद्धारा आयोजित वर्तमान राजनैतिक अवस्था, संवैधानिक संकट, यसको निकास र आजको आवश्यकता बिषयक विचार गोष्ठी कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो आग्रह गर्नुुभएको हो । उहाँले सर्वोच्च अदालतमाथि नेपाली कांग्रेसको पुर्ण समर्थन र विश्वास रहेको जिकिर गर्नुभयो । उहाँले अदालतलाई प्रधानमन्त्री ओलीको गर्जन र शक्ति प्रर्दशनबाट प्रभावित नभई संविधानसम्वत फैसला गर्न आग्रह गर्नुभयो ।

यस्तै उहाँले आगामी बैशाख १७ र २७ मा हुने भनिएको दुई चरणको मद्यावधि चुनाव नहुने ठोकुवा समेत गर्नुभयो । उहाँले भन्नुभयो, “आगामी बैैशाखमा निर्वाचन भयो भने म पुनः विराटनगर आउँदिन ।”

यस्तै कार्यक्रममा बोल्नुहुँदै नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेले नेपालमा प्रधानमन्त्री ओेलीले नियन्त्रित लोकतन्त्र स्थापना स्थापना गर्न खोजेको आरोप लगाउनुभयो । उहाँले कांग्रेसको सहभागिता बिना मुलुकमा राजनैैतिक स्थिरता र संसद पुर्नस्थापना सम्भव नहुने दाबी समेत गर्नुभयो ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पार्टीका केन्द्रिय सदस्य प्रदिप पौडेल र संविधानविद् डा. विपिन अधिकारीले वर्तमान राजनैतिक संकट समाधानका लागी सशक्त आन्दोलन गर्नुको विकल्प नरहेको बताउनुभयो । जनतालाई सुसुचित गराउन राजधानी केन्द्रित आन्दोलनको गर्नुपर्ने उहाँहरुको भनाई थियो ।

 

बिहिबार, २९ माघ, २०७७, साँझको ०६:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर