लोड हुँदैछ...

मेनु

न्यायमुर्तीलाई सचेत गराउँदै युवा नेता पौडेलले भने

‘जथाभावी कलम नचलाउनु’

‘जथाभावी कलम नचलाउनु’

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेलले स्वतन्त्र न्यायपालिकाको गरिमा घटाउने गरी न्यायाधीशहरुलाई जथाभावी कलम नचलाउन सचेत गराउनुभएको छ ।

नेपाली कांग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको विचार गोष्ठीमा बोल्दै नेता पौडेलले संविधानको धारा थप्ने, घटाउने वा संविधान संशोधन गर्ने अधिकार न्यायपालिकासँग नरहेको भन्दै संविधानको भावना अनुसार व्याख्या गर्न आग्रह गर्नुभएको छ ।

‘नेपालको संविधानले संसद विघटनको कल्पना गरेको छैन किन भने हाम्रो संविधान स्थीरताको पक्षमा छ,’ नेता पौडेलले भन्नुभयो ‘हामी स्वतन्त्र न्यायपालिकाको पक्षमा छौं, न्यायमुर्तीहरुलाई जथाभावी कलम नचलाउन र सचेत रहन म आग्रह गर्दछु ।’ अदालत भित्रै न्याय मार्ने प्रयत्न गर्न नहुने भन्दै नेता पौडेलले भन्नुभयो ‘अदालत भित्रै न्याय मार्नु भो भने हामी हेरेर बस्दैनौं ।’

निर्वाचन आयोगले स्वतन्त्रपूर्वका काम नगरेको टिप्पणी गर्दै नेता पौडेलले निर्वाचन आयोगले कानून अनुसार काम नगरेको आरोप उहाँले लगाउनुभएको छ । नेता पौडेलले भन्नुभयो ‘निर्वाचन आयोगले नेकपा मिलाउने हो कि कानून अनुसार काम गर्ने हो ? यस्तो निर्वाचन आयोगले स्वतन्त्र निर्वाचन गर्छ भनेर विश्वास गर्न सकिदैन ।’

संविधान विपरित भएका कामहरु तत्काल फिर्ता गर्न प्रधानमन्त्रीलाई आग्रह गर्दै नेता पौडेलले प्रधानमन्त्री छोडेर चुनाव लडेको खण्डमा केपी ओली सवयंको जमानत नबच्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो ‘केपी ओलीले प्रधानमन्त्री छोडेर चुनावमा आएभने उनकै जमानत बच्दैन अरुको के हालत के हुन्छ ।’

नेता पौडेलले असंवैधानिक कदम काग्रेंसले सच्याएरै छोड्ने बताउनुभयो । उहाँले असंवैधानिक कदमका विरुद्ध संघर्ष गर्नुको विकल्प नभएको उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds