लोड हुँदैछ...

मेनु

ओली समूहबाट पर्शुराम ‘आउट’

ओली समूहबाट पर्शुराम ‘आउट’

विराटनगर । कुनै बेला एक–अर्काका परिपुरक मानिने महेश बस्नेत र पर्शुराम बस्नेतबीचको सम्बन्धमा आएको दरारको असर युवा संगठनमा पनि परेको छ।

महेश बस्नेतले आफ्नै नेतृत्वमा प्रधानमन्त्री केपी ओली निकय राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी सोमबार राति चयन गरे। ललितपुर बालकुमारीमा युवा संघको कमिटी चयन गर्दा पर्शुराम बस्नेत ‘आउट’ भएका छन्।

यसअघि महेशकै जोडबलमा यसअघि युवा संघको सचिव बनाइएका पर्शुराम युवा संघको केन्द्रीय कमिटीका कुनै पनि पदमा छैनन्।

१३ जना उपाध्यक्षमा मोरङका रविन थापा र अञ्जना अधिकारी परे, पर्शुराम परेनन्। ३६ जना सचिव बनाउँदा पनि पर्शुराम परेनन्। मोरङकै मुकेश बुढाथोकी कोषाध्यक्ष बनेका छन्।

बस्नेतद्वय दुबै प्रधानमन्त्री केपी ओलीनिकट मानिन्छन्। तर, प्रधानमन्त्रीको निर्देशनमा केन्द्रीय समिति विस्तार गर्ने जिम्मा पाएका महेशले जानजानी पर्शुरामको नाम इन्कार गरेको स्रोतले बतायो। महेश पर्शुरामको विगत केही समययता बोलचाल पनि छैन।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

Kamal raj
February 11, 2021 2:25 AM

के अब पर्शुराम प्रचण्ड -माधव समुहमा जालान ?

प्रतिक्रियाहरू बन्द छन्।

This will close in 0 seconds