लोड हुँदैछ...

मेनु

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

तेह्रथुम । तेह्रथुमको लालिगुराँस नगरपालिका(३ मुसाङखेलका ४३ बर्षीय नर बहादुर लिम्बु हत्याको आरोपमा पक्राउ परेका छन् ।

आज बिहान ११ बजेको समयमा लिम्बुले घरायशी बादबिबादको कारण आफ्नै श्रीमती ४७ बर्षीया मईतरानी लिम्बुलाई बन्चरोले प्रहार गरी हत्या गरेको भन्ने खवर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

डुबेर नाबालिकाको मृत्यु

झापा अर्जुनधारा–४ मदनपुर बस्ने राज अधिकारीको ४ बर्षीया छोरी योजना अधिकारीको डुबेर मृत्यु भएको छ ।

आज बिहान पौने १० बजे आफ्नै घरमा जडान गरिएको गोबर ग्यासको आउडल्याडमा उनको डुबेर मृत्यु भएको भनि आफन्तले प्रहरी चौकी शनिश्चरेमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।