विराटनगर । प्रदेश १ प्रदेशसभाको बैठकको कार्यसूचीको विषयमा सहमति जुटाउन बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले कार्यव्यवस्था परामर्श समितिको बैठकमा एक दिन समय माग गर्नुभएको थियो । तर, अर्को पक्षले गत ७ गते संसद वैठक स्थगित भएसँगै आजसम्म सरकारको तर्फबाट कुनै छलफल नचलाएको भन्दै बैठक सुचारु हुनुपर्ने माग गरेको थियो । दुवै पक्ष आ–आफ्ना अडानमा रहेका कारण कार्यव्यवस्था परामर्श समितिको बैठकमा कुनै सहमति हुन नसकेको हो ।
‘सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सहमतिका लागि १ दिनको समय माग गर्नुभयो,’ बैठकका बारेमा जानकारी दिँदै पूर्व आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले भन्नुभयो, ‘यत्रो समय सहमतिका लागि कुनै पहल नगर्ने अनि एक दिनको लागि बैठक स्थगित गर्नुपर्ने मागको कुनै औचित्य नभएको कारण हामीले अस्वीकार ग¥यौं, अब कार्यव्यवस्था परामर्श समितिमा सहमति भए पनि नभएपनि सभामुखले दलहरुको सुझावको आधारमा बैठक राख्नुपर्छ भन्ने हाम्रो माग छ ।’
सरकार इतर पक्षले बैठक सुचारु गर्नुपर्ने अडान राखेसँगै बैठक बस्ने तयारी गरिएको संसद सचिवालय स्रोतले जनाएको छ । बैठकका लागि मर्यादापालकलाई तयारी अवस्थामा राखिएको बताइएको छ ।