प्रदेश १ प्रदेशसभा बैठक नै अन्यौल

२ घण्टादेखि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक अझै टुंगिएन

विराटनगर । प्रदेश १ प्रदेशसभाको आज बस्ने भनिएको बैठकको कार्यसूची के राख्ने भन्ने विषयमै अझै सहमति हुन सकेको छैन ।

कार्यसूची तय गर्न १२ बजेदेखि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अझै सहमति नभएको बताइएको छ । सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुन नसक्ने र संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री राईले निलम्बन गर्नुभएका १६ जना सांसद प्रदेशसभामा सहभागी हुन नपाउने अडान राखेपछि बैठक लम्बिएको बताइएको छ ।

२ बजेका लागि बोलाइएको संसद वैठकका लागि प्रदेशसभा सदस्यहरु संसद भवन आइसकेका छन् । यसअघि प्रदेशसभा बैठकको अर्को मिति तय गर्ने विषयमा सभामुख प्रदीपकुमार भण्डारी र मुख्यमन्त्री राईबीच छलफल गरेर अगाडि बढ्ने सहमति गर्दै प्रदेश प्रमुखले पठाएको संसद अधिवेशन आव्हान सम्बन्धी पठाएको पत्र पढेर बैठक स्थगित भएको थियो । सोही अनुसार आज दिउँसो २ः०० बजेको लागि प्रदेशसभा बैठक बोलाइएको हो । तर, यसबीचमा अविश्वासको प्रस्तावलाई कसरी अगाडि बढाउने भन्ने विषयमा कुनै सहमति हुन सकेको छैन ।

आइतबार, २५ माघ, २०७७, दिउँसोको ०२:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर