ओखलढुङगा । ओखलढुङ्गाको मोलुङ गाउँपालिका–६ नयावन बस्ने २४ वर्षीया छम्जी शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ ।
शनिवार साँझ ५ बजेको समयमा आफ्नै घरमा बसिरहेको अवस्थामा एक्कासी चट्याले लाग्दा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।