विराटनगर । प्रदेश १ प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले विकास र समृद्धिको यात्रालाई गन्तव्यमा पु¥याउन प्रदेशसभालाई अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रदेशसभा स्थापना भएको तीन वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको अवसरमा बिहीबार प्रेस विज्ञप्ति सभामुख भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै आमनागरिकलाई जिम्मेवार बनाउँदै प्रदेशसभालाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभएको हो ।
मुलुकको राजनीतिक परिवर्तनसागै स्थापना भएको चौथो वर्ष प्रवेश गर्दासम्मको अवस्था आउनु सहज नभई चुनौतीपूर्ण भएको सभामुख भण्डारीको अनुभूति छ । ‘प्रदेशसभाको काम कारवाहीलाई शुन्यबाट प्रारम्भ गरेर अहिलेको अवस्थासम्म ल्याई पु¥याउनु चुनौतीपूर्ण रहेको थियो,’ उहाँले विज्ञप्तिमा भन्नुभएको छ ।
प्रदेशसभाको सातौं अधिवेशन आरम्भ हुँदासम्म ५४ वटा विधेयकहरु पारित भएको भन्दै काम गर्दै, सिक्दै अनुभव र क्षमता अभिवृद्धि गर्दै यहाँसम्म आइपुग्दा साँघुरो सभाहललगायतका अप्ठ्यारासँग जुध्नु परेको सभामुख भण्डारीले उल्लेख गर्नुभएको छ । प्रदेशसभाको आठौं अधिवेशन भने खुला र सादा संरचनाको सभाहलमा सञ्चालन गर्न सकिने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
सभामुख भण्डारीले प्रदेशसभाको स्थापनासँग अहिलेसम्म सहयोग गर्ने सबै राजनीतिक दल, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलाई शुभकामना तथा धन्यवाद व्यक्त गर्नुभएको छ ।