विराटनगर । आमहडतालका क्रममा पक्राउ परेका नेता तथा कार्यकर्तालाई प्रहरीले दमन गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङले विरोध जनाएको छ ।
प्रहरीले बन्दका क्रममा सरकारी गाडीमा क्षति पु¥याएको भन्दै संघर्ष समिति मोरङका सहसंयोजक पारुल क्षेत्र, संघर्ष समितिका महानगर सहसंयोजक हिरामिरा दाहाल, महानगर कमिटीका सचिवालय सदस्य शारदा मैनाली, जनप्रतिनिधि चम्पा कार्की, राष्ट्रिय युवा संघ मोरङका जिल्ला सदस्य संगम चौधरी अनेरास्ववियु जिल्ला सचिवालय सदस्य उमेश ढुंगाना, लगायतलाई पक्राउ गरेको थियो ।
पक्राउ गरेर लगेपछि पनि प्रहरीले नेता क्षेत्रीलाई कुटपीट गरेको थियो । कुटपिटबाट क्षेत्रीको खुट्टा तथा अनुहारमा चोट लागेको छ । तीनपैनी स्थित पार्टी कार्यालय छेउको चिया पसलमा चिया पिउँदै गरेको बेला जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राई नेतृत्वको टोलीले उहाँहरुलाई पक्राउ गरेको थियो । चिया पिइरहेका महिलाहरुलाई राईले दुव्र्यवहार गर्दै नियन्त्रणमा लिएको बताइएको छ ।
डिएसपी राईले महिलाको संवेदनशील अंगमा समातेर तानेको, प्रहरी कार्यालयमा पुगेर पनि दुव्र्यवहार गरेको नेतृ मैनालीले बताउनुभयो । ‘हामीले पक्राउ गर्ने भए महिला प्रहरी बोलाउनुस् भन्दाभन्दै दुव्र्यवहार गर्दै पक्राउ गरे, महिलाको संवेदनशीलताको डिएसपी राईले उल्लंघन गरे,’ मैनालीले भननुभयो ।
घटनाको निन्दा र विरोध गर्दै आफ्ना नेता कार्यकर्तामाथि भएको दमन र दुव्र्यवहारको भत्र्सना विज्ञप्तिमा गरिएको छ । नेकपा जिल्ला संघर्ष समितिका मोरङका संयोजक गणेश उप्रेती सुशिलले जारी गर्नुभएको विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप गर्ने र पक्राउ पछि यातना दिने निरंकुश हर्कत तत्काल बन्द गर्न चेतावनी दिइएको छ ।