लोड हुँदैछ...

मेनु

आमहड्तालको पूर्वसन्ध्यामा विराटनगरमा मशाल जुलुस

आमहड्तालको पूर्वसन्ध्यामा विराटनगरमा मशाल जुलुस

विराटनगर । सरकारले संवैधानिक परिधि उल्लंघन गरे संसदीय सुनुवाईको प्रकृया पुरा नगरी संवैधानिक आयोगहरुमा नियुक्त पदाधिकारीको शपथग्रहण गराएको विरोधमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले बुधबार साँझ विराटनगरमा मशाल जुलुस प्रदर्शन गरेको छ ।

संवैधानिक परिषद्ले गरेको नियुक्ति संविधान विपरित रहेको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको र त्यसको किनारा नलागेको अवस्थामा प्रधानन्यायाधीशबाटै शपथग्रहण गराइएपछि नेकपाले विरोधमा बिहीबार आमहड्ताल घोषणा गरेको छ । आमहड्तालको पूर्व सन्ध्यामा विराटनगरमा मशाल जुलुस प्रदर्शन गरिएको हो ।

विराटनगरको संसारीमाइस्थानबाट निस्किएको मसाल जुलुस ट्राफिकचोक, जलजला चोक, शनिमन्दिर हुँदै जनआन्दोलन चोकमा पुगेर समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds