एभरेष्ट एजुकेशन फाउण्डेसन गुणस्तरमा प्रतिवद्ध

विराटनगर । एभरेष्ट एजुकेशन फाउण्डेसनले आफु अन्तरगत रहेको विराटनगरका दुई कलेजमा स्नातक तहका विभिन्न विषयको अध्ययापन सुरु गरेको छ ।

फाउण्डेसनले एम्स कलेज र न्यू एभरेष्ट कलेजबाट विविध विषयमा स्नातकक तहको अध्यापन सुरु गरेको जनाएको छ । फाउण्डेसनले यसै वर्ष विराटनगरमा सञ्चालित एम्स कलेजलाई आफ्नो स्वामित्वमा लिएको थियो ।

स्नातकोत्तर तहसम्मको शिक्षा प्रदान गर्ने लक्ष्य लिएको एभरेष्ट एजुकेशन फाउण्डेसनले मन्टेश्वरी कक्षादेखि सबै तहमा उत्कृष्टता हाशिल गर्ने प्रयत्न गरिरहेको जनाएको छ ।

त्रीभुवन विश्वविद्यालयका बिबिएस र बिएससि सिएसआइटी, बिएचएम र बिएका कोर्ष अध्यापन गराउने यस फाउण्डेसनले न्यू एभरेष्ट कलेजमा बिबिएस र बिएससी सिएसआइटीका कक्षा सञ्चालन गर्दैछ, एम्स कलेजमा बिबिएस सहित बिएचएम र बिएका कोर्षहरुको अध्ययापन गरिने फाउण्डेसनका प्रबन्ध निर्देशक तथा प्राचार्य टीकाराम पुरीले बताउनुभयो ।

अत्याधुनिक भौतिक संरचनासहित सञ्चालनमा रहेको फाउण्डेसनले अन्तर्राष्ट्रिय तहको शिक्षा दिने जनाउदै आएको छ । ‘हामी प्रदेश १ को राजधानी विराटनगरबाट नै विश्वस्तरीय शिक्षा प्रदान गर्दैछौं’, प्राचार्य पुरीले भन्नुभयो, ‘अन्तर्राष्ट्रियस्तरको शिक्षाका लागि अब भौतारीनु पर्दैन ।’
मन्टेश्वरीदेखि कक्षा १२ सम्मको अध्ययन र नतिजामा उत्कृष्ट बन्दै अघि बढेको एभरेष्ट एकजुकेशन फाउण्डेसनले आफ्ना विद्यार्थीहरुलाई प्रतिष्पर्धि बनाउने दावी पनि गरेको छ । फाउण्डेसनले शिक्षक तथा प्राध्यापकहरुलाई समेत अपडेट गराउँदै प्रविधिमैत्री बन्न प्रेरित गरिरहेको जनाएको छ ।

फाउण्डेसनले शिक्षासँगै खेलकुद तथा मनोरञ्जनमा समेत विशेष ध्यान दिने गरेको र आवश्यक पूर्वाधारसमेत विकास गरिरहेको छ । त्यसबाट विद्यार्थी र अभिभावको मन जित्न सफल भएको पनि उसले जनाएको छ ।

अभिभावक संघका प्रदेश अध्यक्ष देवी पन्थीले फाउण्डेसनले गरेको शैक्षिक र पूर्वाधार विकासले प्रदेशकै साख बढाएको बताउनुभयो । गुणस्तरीय शिक्षा लिनका लागि विदेश जानुपर्ने वाध्यता अन्त्य गर्न फाउण्डेसनले योगदान गरेको उहाँको भनाई थियो । फाउण्डेसनले यस वर्ष स्नातकतहको अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई समयमै सम्पर्क गर्न आग्रह गर्दै प्रचार्य पुरी निर्धारित समयपछि विद्यार्थी भर्ना नगरिने बताउनुभएको छ ।

बुधबार, २१ माघ, २०७७, बिहानको ११:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर