महिला परिवारमै असुरक्षित

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१२ बखर्रीकी ‘क’ साहको विवाह भएको तीन वर्ष भयो । तीन वर्ष बितिसक्दा पनि उहाँ आमा बन्न्ुभएन । सन्तान जन्माउन नसकेको भन्दै श्रीमान्ले मानसिक तथा शारीरक यातना दिनेको गरेको उहाँले बताउनुभयो ।

स–सानो विषयलाई लिएर श्रीमान्ले आफूलाई कुटपिट गर्ने गरेको उनको दुखेसो छ । श्रीमान्को दैनिकको किचलो र कुटपिट सहन नसकेर घरबाट भागेर माइती पुगेकी ‘क’ले श्रीमान्विरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिनुभएको छ ।

‘पहिले त ठिकै चल्दै थियो । आजभोलि मैले सन्तान जन्माउन सकिन भनेर धेरै टर्चर दिने गर्नुहुन्छ,’ जिल्ला प्रहरी कार्यालयमा भेटिएकी उहाँले भन्न्ुभयो, ‘दैनिक जस्तो घर झगडा हुन्छ । प्रहरीकोमा आयो, सम्झाएर लग्यो । केही समय त ठिकै हुन्छ । फेरि उस्तै हुन्छ । अबसँगै बस्न सक्दिन । श्रीमान्सँग छुट्टिएर बस्छु ।’

यता श्रीमान् भने ‘क’लाई माया गरेर नै राखेको बताउँछन्् । ‘धेरै दिनदेखि कल (ट्युवेल) मा लुगा थन्किएको थियो । किन नधुएकी भन्दै दुई झापड हानें,’ प्रहरी कार्यालयमा भेटिनुभएका उहाका पतिले भन्न्ुभयो, ‘भागेर माइत पुगिछन्् ।’

यद्यपी, उनीहरुको सन्तान नहुनुमा पत्निकै स्वास्थ्यमा समस्या रहेको दावी उहाँले गर्दै आउनुभएको छ । तर, डाक्टरको भनाइ अनुसार ‘क’को स्वास्थ्यमा कुनै समस्या नरहेको माइती पक्षको भनाइ छ ।

विराटनगर महानगरपालिका–१२ की ‘ख’ आफ्नै देवरले यौन दुव्र्यवहार गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिन पुग्नुभयो । पीडित र पीडकबीच प्रहरी कार्यालयमा छलफल भयो । परिवारको दवावमा परेर ‘ख’ले देवरविरुद्ध मुद्दा दर्ता गर्नुभएन ।

मुद्दा दर्ता गर्ने भनेर प्रहरी समक्ष आएका कतिपय महिलाहरु दवावकै कारण मुद्दा दर्ता नगरि फिर्ता जाने गरेको जिल्ला प्रहरी कार्यालय मोरङकी महिला सेल प्रमुख प्रहरी निरीक्षक एल्जिना राई बताउँछिन्् । ‘कतिपय महिलाहरु अपराधविरुद्ध मुद्दा दर्ता गर्छु भनेर नै आउनुहुन्छ,’ प्रहरी निरीक्षक राईले भनन्ुभयो, ‘तर परिवार, आफन्तको प्रेसरले मुद्दा दर्ता गर्न सक्दैनन्् । पीडितले मुद्दा फिर्ता लिएपछि उसको इच्छा विपरीत हामीले दवाव दिन मिल्दैन ।’

पिछडिएको क्षेत्रमा बढी हिंसाका घटना

जिल्ला प्रहरी कार्यालय मोरङको चालु आर्थिक वर्षको पुससम्मको तथ्यांङ्कको अनुसार १०८ वटा मुद्दा दर्ता भएका छन्् । जसमा ९९ प्रतिशत महिला घरेलु हिंसामा परेका छन्् भने एक प्रतिशत पुरुष महिलाको हिंसामा पर्ने गरेको प्रहरी निरीक्षक राईले बताउनुभयो ।

प्रहरी समक्ष आउने अधिकांश मुद्दामा शारीरिक यातना, मानसिक यातना, आर्थिक र यौनजन्य यातना रहेको राईले बताउनुभयो । ती मुद्दाहरु मोरङको पिछडिएका क्षेत्र घिनाघाट, रङगेली, बखरी लगायतका स्थानहरुबाट आउने गरेका छन्् ।

‘श्रीमान््ले श्रमतीलाई खान लगाउन नदिने अर्थान् आर्थिक यातना दिने खालका केसहरु पनि हामीकहाँ आउने गरेका छन््,’ प्रहरी निरीक्षक राईले भन्न्ुभयो, ‘स्थानीय तह र प्रहरीले कानुनी सुविधा दिएको छ भन्न्े अझै पनि पीडितलाई थाहा छैन । थाहा हुने पीडितहरु हामीकहाँ आइपुग्नुहुन्छ । थाहा नहुनेहरु अन्धकारमा नै हुनुहुन्छ ।’

अशिक्षा, रुढीवादी परम्परागत र साँघुरो सोंच हिंसाको प्रमुख कारण भएको प्रहरी निरीक्षक राईको भनाइ छ । ‘जबसम्म हामी सोच बदल्दैनौँ तबसम्म हामीमा बदलाव आउँदैन र हिंसा न्यूनीकरण हुँदैन,’ उहाँले भन्न्ुभयो, ‘सबैभन्दा पहिले सोचमा परिवर्तन ल्याउन जरुरी छ ।’

न्यायिक समितिले सहज

महिला हिंसासँगै पुरुष हिंसामा परेका मुद्दा पनि स्थानीय तहको न्यायिक समितिमा आउने गरेको विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की बताउनुहुन्छ ।

‘श्रीमतीले श्रीमान्लाई घर निकाला गरेको, श्रीमतीले मादक पदार्थ सेवन गरेर बच्चाको रेखदेख गर्न नसकेको र वैदेशिक रोजगारीका लागि गएका पुरुषको श्रीमतीले घर बेचबिखन गरेर दोस्रो पुरुषसँग विवाह गरेको जस्ता केसहरु हामी कहाँ आउने गरेका छन््,’ उपप्रमुख कार्कीले भन्न्ुभयो, ‘प्रतिशतको हिसाबले हेर्दा पुरुषभन्दा महिला नै बढी हिंसामा पर्ने गरेको देखिन्छ ।’

स्थानीय तहमा न्यायिक समिति भएकाले पीडितहरुले न्याय पाएर सन्तुष्ट भएर नै गएका उपप्रमुख कार्की बताउनुहुन्छ । महानगरको न्यायिक समिति÷कानुन शाखामा चालु आर्थिक वर्षमा ७६ वटा घरेलु हिंसासम्बन्धी मुद्दा दर्ता भएका छन्् । यद्यपि, धेरैजसो महिलाले आफूमाथि भएको हिंसा लुकाउने गरेको विराटनगर–११ की वडा सदस्य रिङ्कु परियारको भनाई छ । पीडितहरु गुनासो लिएर जनप्रतिनिधिसम्म आइपुगे पनि केही समयपछि घटना लुकाउन खोज्ने गरेको उहाँको अनुभव छ । हिंसाविरुद्ध जनचेतना बढाउन पछिल्लो समय जनप्रतिनिधि नै ग्रामीण क्षेत्रमा पुगेर कार्यक्रम गर्दै आइरहेको वडा सदस्य परियारले जानकारी दिनुभयो ।

महानगरपालिका कानून महाशाखा प्रमुख शारदा थपलिया महिलाहरु सशक्तीकरणको पाटोमा अगाडि भए पनि हिंसा कम हुन नसकेको बताउनुहुन्छ । महिलालाई हर्ने दृष्टिकोणमा परिवर्तन नआउनु, पृतिसतात्मक सोच रहिरहनुले महिला हिंसा कम नभएको उहाँको बुझाई छ ।
‘मेरो पुस्ताले घर, समाज र मैले पढेको पाठ्यपुस्तकबाट नै पुरुषलाई माथि पारिएको शिक्षा सिकेर आएको थियो,’ थपलिया भन्न्ुहुन्छ, ‘मैले पढ्ने पाठ्यपुस्तकमा आमा खाना पकाउनुहुन्छ, बुवा अफिस जानुहन्छ भन्न्े थियो । तर पछिल्लो समय केहि परिमार्जित भएर आएका छन्् ।’

बुधबार, २१ माघ, २०७७, बिहानको १०:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर