लोड हुँदैछ...

मेनु

संसद विघटन व्यवस्थामाथिको आतंककारी हमला : महतो

संसद विघटन व्यवस्थामाथिको आतंककारी हमला : महतो

विराटनगर । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने कार्य संविधान समाप्त पर्ने खेल भएको बताउनुभएको छ ।

जनता समाजवादी पार्टीद्वारा आज विराटनगरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । महतोले नेकपाको ओली सरकारलाई पाँच बर्ष चलाउन जनातले म्यान्डेट भएपनि ओलीले सनकको भरमा संसद विघटन गरेको बताउनुभयो । उहाँले ओलीको कदम संबैधानिक मुल्य,मान्यतामाथिको आक्रमण भएको भन्दै महतोले ओलीको कदम एक प्रकारले संबैधानिक व्यवस्थामाथि आतंककारी हमला भएको भनेर टिप्पणी समेत गर्नुभयो ।

नेता महतोले प्रधानमन्त्री ओलीको कदम महाप्रतिगामी भएकाले आन्दोलनको बलमा ओलीको प्रतिगमनको कार्य सच्याउन दलहरु आन्दोलनमा जानुपरेको जिकिर गर्नुभयो । नेता महतोले अहिलेको संविधान नेताहरुको स्वार्थका निमित्त मात्र लेखन गरिएकाले अब जनताको भावना र पूर्ण अधिकारसहित संविधान पुर्नलेखन आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds